• १९ बैशाख २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
खुल्ला भलिबल प्रतियोगिताको उपाधी रुन्टिगढी १ लाई




दाङ। दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजामा बागेश्वरी युवा क्लबले शुभ दिपावलीको अबसरमा आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिताको उपाधी रुन्टिगढी गाउँपालिका वडा नम्बर १ ले चुम्न सफल भएको छ ।

सनिवार भएको फाइनल खेल बंगलाचुली गाउँपालिकाको टिम लाई हराउदै उक्त प्रतियोगिता जित्न सफल भएको हो । बंगलाचुली गाउँपालिकाको टिम दोस्रो भएको छ भने स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ प्युठानको टिम
तृतिय भएको छ ।

प्रथम स्थान हाँसिल गर्ने टिमले नगद रु. दश हजार र प्रमाण पत्र, त्यस्तै दोस्रो स्थान हासिल गर्ने टिमले नगद रु. सात हजार र प्रमाणपत्र तृतिय स्थान हासिल गर्ने टिमले नगद रु. पाँच हजार र प्रमाणपत्र प्राप्त गरेक थिए ।

भलिबल प्रतियोगितामा दाङ ,रोल्पा र प्युठान गरी जम्मा आठ टिमका खेलाडिहरूले भाग लियका थिय जस्को रून्टिगढी १ रोल्पाका खेलाडी भुवन केसि उत्कृष्ट खेलाडि घोषित भएका थिय र अनुशासित खेलाडी रुपमा बंगलाचुली गाउँपालिकाका खेलाडी लक्ष्मण पुन मगर भएका थिए ।

साथै प्रतियोगिता अबधिभर रेफ्रीको भुमिका निर्वाह गरी खेललाई मर्यादित पार्नुहुने जगत रोका, हेमराज पाण्डेय, समापन कार्यक्रममा प्रमुख अथिती समेत रहेका बंगलाचुली गाउँपालिका कार्यपालिका सदस्य गणेश बिश्वकर्मा, समाजसेवी शुशील परियार, वागेश्वरी युवा क्लवका बरिष्ट सल्लाहकार बासुदेव भन्डारी, लगायतलाई क्लबले सम्मान गरेको थियो ।

साथै क्लवले बंगलाचुली गाउँपालिका वडा नम्बर १ ऊजाका निम्न बर्गका नरबहादुर बिष्टलाई १ सेट सिरक-डसना, १ बोरा चामल र तेल सहयोग गरेको थियो ।

क्लब अध्यक्ष शिबु भट्टराई को अध्यक्षता तथा बंगलाचुली गाउँपालिका कार्यपालिका सदस्य गणेश बिश्वकर्माको प्रमुख अतिथिमा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रमको सहजीकरण चेतन खनालले गरेका थिय ।

Facebook Comments