रोल्पा । लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री धनबहादुर मास्कीले संघीयताले गाउँ-गाउँमा बिशेषज्ञ सेवा पुगेको बताएका छन् । रोल्पा अस्पतालको भवन उद्घाटन शत्रमा मन्तब्य ब्यक्त गर्दै मन्त्री मास्कीले संघीयताले एकात्मक राज्य ब्यबस्थालाई विकेन्द्रित गरि गाउँ-गाउँमा अधिकार दिएको भन्दै स्वास्थ्य क्षेत्रमा पनि त्यसले फड्को मारेको बताए ।
सेवा प्रवाहकालागि पूर्वाधारको पनि महत्वपूणर् भूमिका हुने भन्दै लामो समय अस्थायी संरचनाबाट सेवा प्रवाह गर्दै आएको यो अस्पतालले सुविधासम्पन्न भवन पाएको उनले बताए । ऐतिहासिक ठाउँमा रहेको यो अस्पताललाई ब्यबस्थित बनाउने सन्दर्भमा लुम्बिनी प्रदेश सरकार ‘हातमा हात र काधमा काँध’ मिलाउन तयार रहेको समेत उनले बताए ।
रोल्पा अस्पतालमा विशेषज्ञ चिकित्सक नियमित रुपमा उपलब्ध गराउन तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरेको समेत उनले बताए । साथै रोल्पा अस्पतालमा एकीकृत अक्सिजन पाइपलाइन विस्तार तथा चिकित्सकीय औजार उपकरण खरिदकालागि समेत बजेट आएको उनले बताए ।
त्यस्तै चालु बजेटमा हामीले लुम्बिनी प्रदेश सरकारबाट जनयुद्ध, जनआन्दोलनका घाइतेहरुको लागि स्याहार केन्द्र सञ्चालनमा ल्याउनकालागि २ करोड बजेट छुट्याएको उनले बताए । जसबाट प्रदेश स्तरीय स्याहार केन्द्र बनाउनकालागि जग्गा खोजिरहेको उनले बताए । जसलाई निकट भबिष्यमा राष्ट्रिय स्तरको स्याहार केन्द्र बनाउने योजना रहेको उनले बताए ।
त्यस्तै घाइते तथा अपाङ्गता भएका ब्यक्तीहरुको उपचारकालागि ५० लाख, द्वन्द प्रभाबितहरुकालागि स्वरोजगार बनाउन २० लाख, शहीद परिवारलाई स्वास्थ्य बीमाकालागि २० लागि बजेट ल्याएको उनले बताए ।
उक्त भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् । पार्टीको आमसभामा सहभागि हुन प्रचण्ड रोल्पा आएका हुन् ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।