• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गढवाको आयाम सहकारीद्वारा दशदिने व्यवसायिक नास्ता तालिम




आलोक भावुक

गढवा । दाङ देउखुरीको गढवामा रहेको आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड गढवाको आयोजना तथा नेपाल यूथ फाउण्डेशन नेपालको आर्थिक सहयोगमा सञ्चालित १० दिने व्यवसायिक चिया, खाजा, नास्ता तालिमको आज शुक्रबार समापन गरिएको छ ।

आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ओम प्रकाश बसेल्ओ अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा दश दिने तालिमको समापन गरिएको हो।

समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले व्यवसायीक तालिम पश्चात् व्यवसाय गरे मात्र तालिमले सार्थक्ता पाउने बताउनुभयो।

बिभिन्न तालिममा सहभागी हुने तर व्यवसयीक रुपमा कार्य नगरेसम्म आत्मनिर्भर बन्न नसकिने उपाध्यक्ष चौधरीको भनाई थियो। त्यसैगरी कार्यक्रममा बोल्दु गढवा गाउँपालिका वडा नम्बर ५का वडाध्यक्ष लेख बहादुर थापाले १० दिने व्यवसायिक नास्ता तालिम सरहनिय कार्य भएको बताउनुभयो। सहकारी एक्लैले केही गर्न नसकिने बताउदै वडाध्यक्ष थापाले सहकारीको मतलव सहकार्य बुझ्ने पर्ने बताउनु भयो। सहकारीहरु सहकार्य गर्दै देश निर्माणमा अहम भुमिका खेल्नु पर्ने समय आएको बताउदै तालिमले मात्र व्यवसाय सञ्चालन गर्न नसकिने बताउनु भयो । आर्थिक रुपमा पनि मजबुद भए मात्र व्यवसाय सञ्चालन गर्न सकिने र त्यसको लागि सहकारीहरु आपसमा सहकार्य गर्नु पर्ने थापाको विचार थियो । आर्थिक रुपमा सम्पन्न हुन सोच बदल्नु पर्ने र टिमवर्क गर्नु पर्ने बताउनुभयो।

त्यसैगरी कार्यक्रम बोल्दै ६ नम्बर वडाका वडाध्यक्ष विर बहादुर आले मगरले सिकेको सिप सदुपयोग नगरे सम्म तालिम लिएको केही अर्थ नहुने बताउनु भयो। वडा र पालिका बाट बिभिन्न समयमा बिभिन्न प्रकारका तालिमको आयोजना गर्दै आएको बताउदै पालिकाबासीलाई सक्षम बनाई रोजगारी सिर्जना गर्ने बताउनुभयो।

देशको युवा पुस्ता रोजगारीको सिलसिलामा दिनप्रतिदिन ठुलो संख्यामा बिदेशिनु देशको लागि दुखद पक्ष भएको बताउदै व्यवसाय संञ्चालन गर्न इच्छुक व्यक्तित्वहरुले – ६ नम्बर वडा कार्यालय भित्रै व्यवसाय सञ्चालन गर्न आउनुस् समन्वयको जिम्मा आफुले लिने बताउनुभयो।

त्यसैगरी कार्यक्रम बोल्दै गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले देशमा रोजगारीको अवसर न्युन रहेको बताउदै रोजगारको सिर्जना गर्नु मूख्य चुनौती रहेको बताउनुभयो। आत्मनिर्भर बन्न स्वदेशमै व्यवसाय गर्न सुझाव समेत दिनुभयो। एउटा कहानी सुनाउदै सहकारी शाखा प्रमुख यादवले यात्रा गर्ने यात्रीको गन्तव्यमा चार बाटो आउदा स्पष्ट बाटो तय नभए सम्म यात्रा सफल नहुने बताउदै १० दिने तालिममा २०-२५ प्रकारको नास्ताका प्रकार सिकाए पनि सहभागीहरुले गर्न चाहेको व्यवसायमा बढी केन्द्रित नहुँदा सम्म तालिमको औचित्य नहुने बताउनु भयो। तालिमको नाममा पछिल्लो समयमा भत्ता केन्द्रित भएको बताउदै आयाम बहुद्देश्यीय सहकारी संस्थाले व्यवसाय गर्न चाहने किसानहरुहरुको छनौट गरी बिना भत्ता तालिमको आयोजना गर्नु आफैमा सुखद पक्ष भएको बताउनुभयो।

त्यसैगरी आफ्नो बिचार राख्दै गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर स्थानीय युवा व्यक्तित्वहरुलाई आयाम बहुद्देश्यीय सहकारी संस्थाले दिएको १० दिने तालिम उत्कृष्ट कार्य भएको बताउनुभयो । तालिम पश्चात् ब्यवसाय गर्नै पर्ने बताउनुभयो। तालिममा सिकेका कुरा भोलीको गढवामा व्यवसाय सुरु गरी काम गरेको देख्ने इच्छा रहेको बताउनुभयो। त्यसैगरी गढवा होटल ब्यवसायी संघका अध्यक्ष दयाराम थापाले तालिम भनेको जिवन बदल्ने माध्यम भएको बताउदै तालिम अवधीभर सिकेका कुराहरु आजैको मिति देखी काम गर्न सुरु गरे असम्भव केही नहुने बताउनुभयो।

त्यसैगरी नेपाल यूथ फाउण्डेशन नेपालको तालिम व्यवस्थापक पुर्ण प्रसाद चौधरीले तालिम पश्चात् परिक्षाको घडि सुरु हुने भएकोले १० दीनको तालिम पश्चात् अब २० जना मध्ये कस्ले के गरेर देखाउछ हामी मुल्यांकन गर्ने छौ तालिम व्यवस्थापक चौधरीले बताउनुभयो। आफ्नो संस्था रोजगार सिर्जना गर्ने उद्देश्यले बिभिन्न संस्थाहरु संग सहकार्य गर्दै आय आर्जनका लागि तालिमको व्यवस्थापन गर्ने गरेको बताउनु भयो ।तालिममा सहभागी २० जना लाई २५ हजार बराबरको व्यवसाय सञ्चालनका लागि आवश्यक सामाग्री सहयोग गर्ने बताउनु भयो ।तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई व्यवसाय सञ्चालनका लागि सामाग्रीले व्यवसाय सञ्चालनमा सहयोग पुग्ने बताउनुभयो। आजको समयमा श्रम नभई सिप बिक्छ त्यसैले श्रमको साथे शिप आवश्यक रहेओ बताउनुभयो। त्यसैगरी पालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले आयाम बहुद्देश्यीय सहकारी संस्थाले नाईफ नेपाल संग सहकार्य गरी १० दिने तालिममा २० जना सहभागी गराई दिएको तालिमले व्यवसाय गर्न चाहनेहरुलाई बरदान सावित हुने बताउनुभयो ।

कार्यक्रममा गढवा गाउँपालिकाका ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, ६ नम्बर वडाका वडाध्यक्ष विर बहादुर आले मगर, गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार, नेपाल यूथ फाउण्डेशन नेपालका तालिम व्यवस्थापक पुर्ण प्रसाद चौधरी, पालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराज, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर, गढवा होटल ब्यवसायी संघका अध्यक्ष दयाराम थापा, प्रमुख प्रशिक्षक श्यामलाल खनाल,आयाम बहुद्देश्यीय सहकारी संस्थाका सचिव श्याम बहादुर चौधरी, पत्रकार शिवराज पन्थी, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुक र २० जना सहभागीहरुको उपस्थिति रहेको थियो

Facebook Comments