मधुसुदन गिरी
कमिरेचौर । बंगलाचुली क्रिकेट विकास समन्वय समितिको आयोजनामा दाङको बंगलाचुली गाउँपालिकामा विहिबार देखि सुरु भएको युथ अफ बंगलाचुली कोरिया बंगलाचुली कप २०८० को उपाधि सप्तरङ्गि क्रिकेट क्लब फाँटाले जितेको छ ।प्रदेश स्तरीय खेल मैदान गढी लेकमा भएको फाइनल खेलमा केएस क्रिकेट क्लबलाई १७ रनको अन्तरले हराउदै उपाधि जित्न सफल भएको हो ।
शुक्रबार भएको फाइनल खेलमा टस हारेर ब्याटिङमा उत्रिएको सप्तरङ्गि क्रिकेट क्लब फाँटाले निर्धारित ओभरमा ६० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको के एस क्रिकेट क्लबले ९.४ ओभरमा सबै विकेट गुमाउदै ४४ रन मात्र बनाएको थियो ।
उक्त प्रतियोगितमा उत्कृष्ट खेलाडी सप्तरङ्गि क्रिकेट क्लबका खेलाडी छितिज खड्का घोषित भएका थिए । प्रतियोगितामा बंगलाचुली गाउँपालिका भित्रका ६ वटा क्लबहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टिमले नगद रु २० हजार ट्रफी, मेडल र प्रमाण–पत्र र उपविजेताले नगद रु १० हजार ट्रफी, मेडल र प्रमाण–पत्र र म्यान अफ द सिरिजले कप, मडेल र प्रमाण–पत्र पाएका छन् ।
उक्त प्रतियोगितालाई प्रथम पुरस्कार युथ अफ बंगलाचुली कोरियाका हेमकुमार वली, निराजन महरा, सुरेश वली, किरण वली, चुमान बुढा, केशव वली, विपिन महरा, मधु वलीले गर्नु भएको छ ।यस्तै प्रतियोगितालाइ सफल पार्न बंगलाचुली गाउँपालिका, बंगलाचुली गाउँपालिका वडा नम्बर ६, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, विक्रम डाँगि, केशब जिसि, मिनराज महरा, युवराज सुवेदी र विनोद डाँगिले आर्थिक सहयोग गर्नुभएको थियो ।
बंगलाचुली क्रिकेट विकास समन्वय समितिका अध्यक्ष हिमाल महराको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिको प्रमुख आतिथ्यतामा समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली क्रिकेट विकास समन्वय समितिका सचिव मधुसुदन गिरीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।