• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली कपको सेमिफाइनल समीकरण पूरा




बंगलाचुली । दाङको पहाडी भेग बंगलाचुली गाउँपालिकामा युथ अफ बंगलाचुली कोरिया बंगलाचुली कप २०८०को सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह ए बाट सप्तरंगी युवा क्लब फाँटा समुह बिजेता बनेर सेमिफाइनल प्रवेश गरेका छन् भने सुनेली युवा क्लब छिप्पन उप बिजेता बनेर प्रवेश गरेको छ ।

समुह बिबाट के एससीसी समुह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने रोयल तपाली युवा क्लब उपबिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनल खेल सप्तरंगी युवा क्लब फाँटा र रोयल तपाली युवा क्लबका बिच हुने छ भने दोस्रो सेमिफाइनल खेल के एससीसी र सुनेली युवा क्लब  बिच हुने बंगलाचुली क्रिकेट विकास समन्वय समितिका अध्यक्ष हिमाल महराले जानकारी दिए ।

Facebook Comments