• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुलका विद्यार्थीहरु बन्द शिविरमा




घाेराही । गुरुकुल विद्यालयले विद्यार्थीहरुलाई व्यवहारिक सीप सिकाउन क्लोज क्याम्पकाे आयाेजना गरेको छ । विद्यालयले कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई मर्पेस डाँडामा क्लोज क्याम्प गराएको छ ।

विद्यार्थीहरुले सिकेको ज्ञानका बारेमा पत्रकार सम्मेलनको आयोजन गरि जानकारी गराएका छन् । त्यस अवसरमा विद्यार्थी शुभेच्छा पाण्डेले आफुहरुलाई क्लोज क्याम्पले नँया कुरा सिक्ने अवसर प्रदान गरेको बताइन् । क्लोज क्याम्पमा आफुले पहिलो पटक खाना पकाउन सिकेको बताइन् ।  आफैले खाना पकाएर खानु पर्दा खान पकाउन सिकेको उनको भनाइ रहेको छ । कितावी पढाइ मात्र नभइ व्यवाहरीक रुपमा सिक्न पाउदा आफुहरुलाइ सहयोग पुगेको उनकाे भनाइ रहेको छ ।

रितु थापाले सामुहिक कार्य गर्ने सिकाइ भएको बताइन् । दृष्टि अधिकारीले प्रकृति र बातावरणको बारेमा वुझन पाएको बताइन् । समयको महत्व बुझ्न पाएको उनले बताइन् । कुन्दन केसीले विद्यार्थीहरुमा सकारात्मक सोचको विकास गराउन गराउन सहयोग पुगेको बताए ।

प्रज्ञा अधिकारीले आफुहरुले आफै फिल्ड भिजीट गर्दा उक्त क्षेत्रमा वसोवस गर्ने नागरिकको अवस्थाका बारेमा जानकारी लिन पाएको बताइन् । उनिहरुले अहिले सम्म यस प्रकारकाे बातावरणमा घुलमिल हुन र ग्रामिण भेगकाे जीवन स्तर बुझ्ने माैका पायका थिएनन ।गुरुकुलले शिक्षा संगै थप याे अवशर पनि प्रदान गरेकाे छ ।

कार्यक्रम विद्यालयका सहायक प्रिन्सीपल मुकुन्द गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्लोज क्याम्पका अफिसर इन्दप्रसाद पोख्रेलले विद्यार्थीहरुलाइ व्यहारीक सिकाइमा सहयोग पुगेको बताउनुभयाे । कार्यक्रमको सहजिकरण विद्यार्थीहरु अंशु खनाल र रुपम पौडेलले गरेका थिए ।  विद्यालयले हरेक वर्ष यस प्रकारको कार्य गदै आएको छ ।

Facebook Comments