• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हेफर आधारशिला तालिम, व्यवसायिक बन्न प्राप्त टुल्स अत्यन्तै प्रभावकारी




श्रवण कुमार यादव
राजपुर। दाङ जिल्लाको राजपुर गाउँपालिकाकले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिएको छ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ ग्रामीण माहिला उत्थान केन्द्र घोराही दाङको परिआयोजना, राजपुर गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा वडा नं २ गहिरामा तीन दिने र वडा नं ३,भैसहावा मा ४ दिने आधारशिला तालिम सञ्चालन गरिएको थियो। तालिममा २५/२५  जनाको सहभागीता रहेको थियो । वडा नं २ गहिरमा तीन दिने ‘हेफर आधारशिला’ तालिमकाे प्रशिक्षण भौना राम चौधरी गरेका थिए भने वडा नं ३, भैसहावामा राम वरण यादवले गरेका थिए।

तालिमको एक औपचारिक कार्यक्रमा बीच समापन गरिएको छ। तालिमको गाउँपालिका उपाध्यक्ष धनपति देवि यादवले समापन गरेकी हुन् । तालिमको समापन गर्दै उपाध्यक्ष यादवले गाउँपालिकावासीहरुलाई कृषि तथा पशुपालनमार्फत आत्मनिर्भर बनाउन तालिमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले सरकारी तथा गैरसरकारी संस्थाको समन्वयमा कृषि तथा पशुपालनको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिएको भन्दै अब यहाँका नागरिकहरुको जीवनस्तर कृषि र पशुपालनबाटै माथि उठाउने बताइन् । उपाध्यक्ष यादवले हरेक नागरिकहरुको जीवनस्तरलाई कसरी माथि उठाउँने भन्ने विषयमा गाउँपालिका सधै चिन्तित रहने गरेको बताउँदै गाउँपालिकावासीलाई व्यवसायिक कृषि तथा पशुपालनमा लाग्न जोड दिइन् ।

त्यस्तै वडा नं २, का वडा अध्यक्ष ओम प्रकाश यादवले विभिन्न व्यावसाय गरेर उद्यमी बन्न चाहनेलाई पालिका तथा वडाबाट सहयोगका कार्यक्रम रहने बताउनुहुँदै उद्यमी बनेर आत्मनिर्भर बन्न र तालिममा सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गरेका छन्।

स्व-नेतृत्व र सकारात्मक सोचका साथै मूल्यमा आधारित हेफर आधारशिलाको महत्व तथा आवश्यकता र उपयोगका क्षेत्रहरूको बारेमा जानकारी गराउँदै व्यक्ति, घरपरिवार र समूहको सर्वाङ्गिण विकासमा सहभागिहरुको क्षमता अभिवृद्ध गर्न सहयोग पुयाउनु यस तालिमको लक्ष्य रहेको थियो भने जीवन परिवर्तनका लागि स्वनेतृत्व र सकारात्मक सोच र व्यवहारकाे आवश्यकता तथा महत्वको बारेमा छलफल गर्न सहयोग गर्ने,  सर्वाङ्गीण सामुदायिक विकास अवधारणाको मुटु मानिएको हेफरका १२ वटा आधारशिलाहरूमा छलफल गर्दै यस प्रति आश्था एवम् विश्वास जगाई यी आधारशिलाहरुको व्यवहारिक प्रयोगका क्षेत्रहरु उजागर गर्न सहयोग गर्ने, आधारशिलामा आधारित सहभागिता मूलक स्व- समिक्षा तथा योजना तर्जुमाको महत्व तथा आवश्यकता र प्रयोगको बारेमा छलफल गरि अभ्यास गर्न सहयो गर्ने,  यस तालिम पछि हेफरका आधारशिलाहरूलाई मन भित्रबाट नै ग्रहण गर्दै आफू, घरपरिवार, छरछिमेक र समूहहरुमा स्वःस्फूर्तरुपमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्न सहयोग गर्नु  यस तालिमको उद्देश्य रहेको थियो।

तालिममा सहभागी हेमा चौधरी र कृपावति यादवले व्यवसायिक बन्न तालिमबाट प्राप्त टुल्स अत्यन्तै प्रभावकारी हुने बताए ।

Facebook Comments