• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कामना बैंकको १७ औं वार्षिकोत्सब, होलेरीमा शैक्षिक सामग्री वितरण




होलेरी । कामना विकास बैङ्कको १७ औं वार्षिकउत्सवको सुखद अवसरमा बिहीबार रुन्टीगढी गाउँपालिका होलेरी रोल्पामा रहेको श्री महेन्द्र माध्यामिक विद्यालयका १५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

कामना विकास बैङ्ककक क्षेत्रिय प्रवन्धक सुरेन्द्र भण्डारीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन यस्तै अतिथीहरुमा रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी,शिक्षा शाखा प्रमुख अञ्जु शर्मा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेकलाल पुन,प्रधानाध्यापक बेदान्त सुर्यवंशी, इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी नायव निरिक्षक धन बहादुर राना , होलेरी ब्यवस्थापन समितीका अध्यक्ष होम यरी लगायत पत्रकार तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

कामना विकास बैङ्कको १७ औ वार्षिकउत्सवको अवसरमा साताब्यापी कार्यक्रम अन्र्तगत शैक्षिक सामाग्री हस्तान्तण गरिएको वताएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष जनक पुनले बैकको वार्षिकउत्सवको अवसरमा सुभकामना ब्यक्त गर्दै शैक्षिक सामाग्री वितरण कार्य सह्रानिय पक्ष भएको उल्लेख गर्दै यस्ताखालका कार्यक्रमले गरिब तथा विपन्न परिवारका वालवालिकालाई राहत हुने कुरा उल्लेख गर्नुभएको थियो।

कामना विकास बैङ्कका कर्मचारी महेन्द्र खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कामना विकास बैङ्क शाखा कार्यालय होलेरीका प्रमुख सुनिल आर्चायले गर्नुभएको थियो।।

Facebook Comments