• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शान्तिनगरमा वडास्तरीय फूटबल प्रतियोगिता हुने




घोराही । दाङको शान्तिनगर गाउँपालिकामा दीपावली तथा छठ पर्वको अवसरमा वडास्तरीय फूलबल प्रतियोगिता हुने भएको छ ।

पालिकाको -२ नम्बर वडामा रहेको  एफसी बागमारे क्लबको आयोजनामा यही कत्तिक २५ गतेदेखि वडास्तरीय फूटबल प्रतियोगिता हुने भएको हो ।

शान्तिनगर गाउँपालिकाका युवा फूटबलको विकास र विस्तार गर्ने उद्देश्यले वडास्तरीय प्रथम खसी कपको आयोजना गरेको वडाका खेलकुद विकास समितिका अध्यक्ष विशाल विष्टले जानकारी दिए ।

खेलमा सहभागी हुने इच्छुक खेलाडी तथा टिमहरुले कात्तिक २४ गते दिउँसो ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने  र टिम दर्ताको शूल्क २ हजार ५ सय निर्धारण गरिएको अध्यक्ष विष्टले बताए ।

खेलमा प्रथम हुनेलाई खसीको पुरस्कार रहेको छ भने द्वितीय पुरस्कार टिम अनुसार खुलाइने र खेल कात्तिक २५ गते बिहान साढे ७ बजेदेखि सिम सुनदर फिल्डमा सुरु हुने आयोजकले बताएको छ ।

 

Facebook Comments