• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षामा गुरुकुलको उत्कृष्ट नतिजा




घोराही । त्रिभुवन विश्व विद्यालय अन्तर्गत पुल्चोक इेन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षामा गुरुकुल एकेडेमी दाङले उत्कृष्ट नतिजा निकालेको छ ।

दाङ जिल्लालाई शैक्षिक हव बनाउन अहम भुमिका खेल्ने उद्देशका साथ २०७२ सालमा स्थापना गरीएको गुरुकुल  एकेडेमीले  २०७८ सालबाट प्लस टु संचालनमा  ल्याएको थियो ।

प्लस टु संचालनको पहिलो बर्षमा अर्था पहिलो ब्याचले पुल्चोक इन्जिनियरिङ कलेजमा पुर्ण छात्रवृति  सहित अध्यण गर्न पाउने गरी दश जना बिद्यार्थिहरु चन्द्र  प्रकाश केसि ,श्रीजन गैरे ,सुस्मिता पुन मगर आशिष रेउले , प्रशान्त शर्मा , सुलोचना श्रेष्ठ ,समर भट्राई माधव पौडेल , विभुत अधिकारी र रोशन शर्माले नाम निकाल्न सफल भएको गुरुकुल एकेडेमी प्लसटुका विज्ञान संयोजक अजय शाहले जानकारी दिनुभयो ।

डाक्टर तथा इन्जिनियरहरुको समुह मिलेर संचालन गरेको उक्त विद्यालयले मेहनत गरेर अध्ययन अध्यापन गराउन सकियो भने विद्यार्थिहरुबाट सतप्रतिशत नतिजा निकाल्न सकिन्छ र त्यसका लागि विद्यालय अभिभावक र विद्यार्थिहरुमा अध्यनको भोक जगाउन जरुरी हुन्छ र सो कार्य गुरुकुल एकेडेमीले पुरा गर्ने प्रतिवद्धता गुरुकुल एकेडेमीका प्लस टु संयोजक निमानन्द गैरेले बताउनुभयो ।

गुरुकुल एकेडेमीले गतबर्षको एसईई परीाक्षामा पनि शतप्रतिशत नतिजा सहित शुभम पोख्रेललाई चार जिपिए ल्याउने सफल गराएको थियो । गुरुकुल एकेडेमीको हरेक बर्षको उत्कृष्ट नतिजाले अभिभावक हरु गुरुकुलप्रति निकै प्रभावित भएका छन् ।

Facebook Comments