• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूकम्प पीडितका लागि आर्थिक संकलन




बासुदेव आचार्य
तुलसीपुर । गत शुक्रबार धैरै धनजनको क्षति हुनेगरी जाजरकोटकाे रामीडाँडा केन्द्रविन्दु बनाएर गएकाे भूकम्पमा परेका व्यक्तिको सक्दाे सहयाेग गर्ने उदेश्यकासाथ तुलसीपुर-२ बालापुर दाङमा अवस्थित जनप्रिय इङ्लिस स्कुलका विद्यार्थीहरुले एक दिनकाे खाजा खर्च कटाएर आर्थिक सङ्कलन गरेका छन् ।

जनप्रिय बाल क्लबका उपाध्यक्ष दिपाशा गिरी र सदस्य शर्मिला याेगीले विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षक शिक्षिकाहरुबाट उठेकाे कुल ७३९० रुपैयाँ विद्यालयका प्राचार्य प्रकाश कुमार शर्मालाई हस्तान्तरण गरेका छन् ।

नगद रकम हातमा लिदै प्राचार्य शर्माले विद्यार्थीकाे व्यवहारिक र सहानुभूतिपूर्ण कार्यकाे प्रशंसा गर्दै उक्त रुपैयाँ एन प्याब्सन जिल्ला शाखा दाङलाई बुझाउने र एन प्याब्सनमार्फत भूकम्प पीडितलाई हस्तान्तरण गरिने बताउनुभयाे।

Facebook Comments