• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूकम्प पीडितका लागि रुन्टीगढीले एक लाख ५० हजार सहयोग गर्ने




होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई एक लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । पालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको क्षतिलाई मध्यनजर गरी उद्धार, राहत र पुनस्र्थापनाका लागि एक लाख ५० हजार सहयोग गर्ने निर्णय भएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले जानकारी दिए ।

साथै होलेरी बजारमा अव्यवस्थित रुपमा भएका टहराहरुलाई व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको समेत अध्यक्ष पुनले बताए ।

Facebook Comments