• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाको धान खेतमा सिडिओ पुगेपछि…




घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले  उत्पादन गरेको धान खेतमा पुगेर दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले धान काटेका छन् । पार्टीले घोराही-१६ करौंटी डाँडामा उत्पादन गरेको धान खेतमा पुगेर प्रजिअ सुवेदीले बुधबार धान काटेका हुन् ।

खेतमा धान काट्दै प्रजिअ रामबन्दु सुवेदीले पार्टीले उत्पादन गरेको धान खेतमै आएर धान काट्न पाउँदा आफूलाई निकै महत्त्वपूर्ण अवसर मिलेको बताएका छन् । उनले उत्पादन नै समृद्धिको अभियान भएको बताउँदै अब राजनीति दलहरूले हरेक ठाउँमा उत्पादन गर्नुपर्नेमा जोड दिए ।

`कुनैपनि कुरा भनेर होइन गरेर देखाउनु पर्छ भन्ने विषय यहाँ लागू भएको छ´ प्रजिअ सुवेदीले भने ` यो धान खेतमै आएर वास्तवमा यहाँहरुसँग जोडिन पाउँदा आफूलाई खुशी महसुस गरेको छु ।´  समाजको परिवर्तन गर्ने नेतृत्व राजनीति दल नै भएको  र संसारमा जहाँपनि त्यही हुने हुँदा राजनीति दलले उत्पादनको कार्यदिशा सही   चयन गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य  तथा पूर्वी दाङ जिल्लाकी इञ्चार्ज सम्झना सीले  उत्पादनसम्बन्धी जानकारी दिँदै  पार्टीले लिएको आत्मनिर्भर नेताकार्यकर्ता, आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टीको केन्द्रीय योजना अन्तर्गत उत्पादनलाई अगाडि बढाएको बताइन् । उनले पार्टी पूर्वी दाङले ६ विघा जग्गा लिजमा लिएर सी बहुउद्देश्य कृषि तथा पशुपंछी फर्म दर्ता गरेर ३ विघा जग्गामा धान खेती र करिब २ विघा जग्गामा तोरी खेती सञ्चालन गरिरहेको जानकारी दिइन् ।

` एउटा राजनीति कार्यकर्ता भनेको मागेर खाने, ठगेर खाने  र काम नगरेर खाने झोलेको रुपमा जुन उपमा दिने अवस्था सिर्जना भएको छ´ नेता सम्झनाले भनिन् `र, त्यो खालको वास्तविकता पनि सतहमा देखिराखेको छ । त्यसोभएको कारण त्यसलाई चिर्नको लागि र साथै देशमा थुप्रै उर्भरा जमिन हुँदाहुँदै पनि  नेपाली युवाहरू आज दिनदिनै बिदेशी रहेका छन् । र, नेपालमा उत्पादन गरेर खाने संस्कारको सिर्जना गर्नुपर्छ । आफ्नै देशलाई माया गर्ने र आफ्नो देशमै आत्मनिर्भर बनेर एउटा समाज विकास र देश विकासमा युवाहरूलाई सहभागी गर्नुपर्छ भन्ने उद्देश्यसहित उत्पादनमा जोडिएका छौं ।´

नेता सम्झनाको अनुसार रोजगार भनेको सरकारले मात्र दिने होइन् । मागेर पाउने कुरा होइन। रोजगार भनेको हामीले आफै सिर्जना गर्न सक्छौं । र, हामी आफैले सिर्जना गरेको रोजगारले राष्ट्रलाई पनि योगदान पुग्छ र देशलाई पनि योगदान पुग्छ । त्यसोभएको कारण हामी सबैले काम गरेर खानुपर्छ । काम गर्नुपर्छ । एक घर एक उत्पादन, एक व्यक्ति एक उत्पादन भन्ने हाम्रो पार्टीको नीति छ । र, यही अन्तर्गत हामीले यो ६ विघा जमिनमा उत्पादन सुरु गरेका छौं ।

उत्पादन भएको धानलाई काट्न पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, उत्पादन प्रमुख महान सी, युवा संगठन पूर्वी दाङका अध्यक्ष पदम सी, लगायत पार्टी निकट जनवर्गीय संगठनहरुको  सहभागिता रहेको थियो ।

 

Facebook Comments