• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाद्वारा जाजरकोटमा निरन्तर उद्धार, राहत, सहयोग र उपचारको कार्य जारी




जाजरकोट । नेपाल कम्युनिष्ट पार्टीको उद्धारकर्मीहरुको टिमले जाजरकोट जिल्लामा निरन्तर उद्धार,राहत,सहयोग र उपचारको कार्य जारी राखेको छ । भूकम्प गएको पछिल्लो दिन शनिबार देखि यो टिम निरन्तर उद्धार,राहत,सहयोग र उपचारको कार्यमा लागेको हो ।

नेपाल कम्युनिष्ट पार्टीले डाक्टर प्रकाश सी, डा.मान्यता सी, डा.पिताम्वर सी लगायतका डाक्टरहरुको टिमलाई पनि निरन्तर विरामीहरुको उपचारमा लगाएको छ ।

स्वास्थ्यकर्मीहरुको टिमले पनि कोही डाक्टरहरु पुग्न नसकेका विकट ग्रामीण इलाका नलगाड लगायतका बस्तीहरुमा पुगेर भूकम्पबाट घाईते भएकाहरुको उपचार गरिरहेको छ । उपचारमा मात्र होइन नेकपा उद्धार तथा राहत वितरणको काम पनि गरिरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगम सीको नेतृत्वमा नेकपाका केन्द्रीय सदस्य हिमशिखर सी,योद्धा सी,कमल सी लगायतका नेता कार्यकर्ताको टिमले उद्धार,राहत,सहयोगको काम गरिरहेको छ ।

यो टिमले जाजरकोटको खलंगा देखि नलगाड नगरपालिकाका विभिन्न विकट ठाउँमा घरमा पुरिएका मान्छेहरु निकाल्ने,घाईतेहरुलाई स्वास्थ्यकर्मी सम्म पुर्याउने, लासहरु व्यवस्थापन गर्ने,लत्ता कपडा र खाने कुरा उपलव्ध गराउने जस्ता कामहरु गरिरहेको जनाईएको छ ।

 

 

यही कार्तिक १७ गते सुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठुलो जनधनको क्षति गरेको थियो । त्यसमा पनि सबैभन्दा बढी जाजरकोटमा क्षति भएको थियो ।

Facebook Comments