• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जापानको एभरेष्ट इन्टरनेशनल स्कूल र राप्ती इञ्जिनियरिङबीच समझदारी पत्रमा हस्ताक्षर




जापान । जापानको एभरेष्ट इन्टरनेशनल स्कूल र राप्ती इञ्जिनियरिङ कलेज दाङबीच शैक्षिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

जापानको टोकियो स्थित एभरेष्ट इन्टरनेशनल स्कूल र राप्ती इन्जिनियरिङ कलेज बीच एक आपसमा शैक्षिक अनुभव, ज्ञान, सीप र विद्यार्थी आदानप्रदान, सांस्कृतिक आदानप्रदान, अनुसन्धानमा सहयोग र भाषा शिक्षालाई अगाडी बढाउने गरी सोमबार समझदारी पत्र (Memorandum of Understanding -MOU)मा हस्ताक्षर सम्पन्न भएको हो ।

जापानको टोकियोमा आयोजित जापानका लागि नेपाली राजदुत महामहिम डा. दुर्गाबहादुर सुवेदी र नेपालका संघीय सांसद माननीय तेजुलाल चौधरीको रोवहरमा उक्त समझदारी पत्रमा स्कूलको तर्फबाट प्रिन्सीपल विष्णु भट्ट र कलेजको तर्फबाट अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले हस्ताक्षर गर्नुभएको छ ।

उक्त कार्यलाई सहजीकरण महामहिम डा. दुर्गाबहादुर सुवेदी र माननीय तेजुलाल चौधरीले गर्नुभएको थियो ।

Facebook Comments