• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा पश्चिम दाङले यो वर्ष ५० क्विन्टल धान फलायो




दाङ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले यो वर्ष पार्टीको उत्पादन ५० क्विन्टल धान फलाएको जनाएको छ ।

सो पार्टीका पश्चिम दाङ जिल्ला सचिव निर्मल सीले पार्टीको आत्मनिर्भर नीति अन्तर्गत जिल्लाको तुलसीपुर उपमहानगरपालिकाको कन्ज्वारमा करिव सवा दुई बिगाहा जग्गामा लगाएको धान ५० क्विन्टल उत्पादन भएको बताए ।

नेता निर्मलले बाझो जग्गालाई पार्टीले लिजमा लिएर उत्पादन कार्यलाइ अगाडि बढाएको समेत बताए । बाझो जग्गामा पहिलोपटक खेती गर्दा अपेक्षा अनुसार यो वर्ष उत्पादन नभएपनी आउँदो वर्ष उत्पादनलाई बढाएर लिन सकिने जिकिर गरेका छन् ।

नेकपाले हिजो नै पार्टीको सम्पुर्ण शक्ति परिचालन गरि धान भित्र्याउने कार्य सम्पन्न गरेको हो । उत्पादन कार्यमा सहयोग गर्ने पार्टीका नेताकार्यकर्ता लगाएत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै महानुभावहरुलाइ नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङ जिल्ला इन्चार्ज प्रदिप सीले धन्यवाद समेत व्यक्त गरेका छन् ।

अबको खेतिपातीलाई अझै थप व्यवस्थित गरेर अघि बढाउने पार्टीको योजना रहेको इन्चार्ज प्रदिप सीले बताए ।

Facebook Comments