• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यस्तो छ, भाग्यले बाचेकाहरुको कथा-व्यथा




मेघा  । शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले सबैभन्दा बढी क्षति पुगेको गाउँ  हो, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका  वडा नम्बर ४ मा रहेको मेघा गाउँ ।

भूकम्पमा परी यो गाउँमा मात्रै ५ जनाले ज्यान गुमाए भने १८ जना गम्भीर घाइते भए । मर्ने त मरेर गए तर भाग्यले  बाँचेकाहरुले पनि थप बाँकी जीवनका लागि कठिन संघर्ष गरिरहेका छन् । सिंगो गाउँ शोकमा डुबेको छ । जता हेर्यो त्यतै घर चर्किएका र भत्किएका  देखिन्छन् ।

भूकम्पबाट ढुंगा र माटोले बनेका घरहरू भत्किएका छन् ।  नभत्किएका घरहरू पनि चर्किएर बस्न लायकका छैनन् । घरहरू भत्किएसँगै स्थानीयहरु खुला आकाशमुनी दिन बिताउन बाध्य छन् । बिस्तारै जाडो मौसम सुरु हुँदै छ । ती प्रभावित क्षेत्रमा गाँस, बास र कपासको निकै अभाव  खट्किएको देख्न सकिन्छ ।

भूकम्पबाट प्रभावित स्थानीयबासीहरुले आफूहरू  भाग्यले बाँचेका बताएका छन्  । उनीहरूले शुक्रबार मधरातमा एक्कसी आएको भूकम्पले घर भत्किएपनि  आफूहरु बाँच्न सफल भएको बताए । भूकम्पबाट यो गाउँमा सबैभन्दा बढी भौतिक क्षति भएको भन्दै भूकम्पपछि भूकम्प प्रभावित क्षेत्रहरूमा उद्घार कार्य चलिरहेको भन्ने स्थानीयहरुको भनाइ छ  ।

सानीभेरी गाउँपालिका – ४ का वडाध्यक्ष मनोज बुढाथोकीका अनुसार भूकम्पबाट सबैभन्दा बढी आफ्नो वडा प्रभावित भएको छ ।  वडामा भूकम्पबाट ५ जनाको मानवीय क्षति भएको र १८ जना गम्भीर घाइतेहरुको उपचार भइरहेको छ । वडामा कुल ६ सय ५ घरधुरी रहेकोमा भूकम्पबाट २ सय ८० घरपूर्ण रुपमा क्षति भएको र  बाँकी घरहरुमा पनि आंशिक क्षति भएको  वडा अध्यक्ष बुढाथोकी बताउँछन् । भूकम्पबाट प्रभावित क्षेत्रका लागि राहत सामग्री आउने क्रम जारी रहेको भन्दै  आवश्यकता अनुसार  चाँडै राहत वितरण गरिने उनले बताए ।

सोही वडाका स्थानीयबासी  ६० वर्षीय अनिता वलीले भूकम्पबाट आफ्नो ज्यान जोगाएको बताइन् । `भूकम्पमा  परेर मान्छे बाचिम´ उनले भनिन्  `घर चाहिँ गयो । काम नलाग्ने भयो । बस्ने बास छैन्  । खाने अन्न छैन् । तर, हामी बाचिम त्यसमा खुसी छ्म् ।´

गोलचौरका स्थानीय ६७ वर्षीय केशवबहादुर चन्दले भूकम्पले भत्किएको घरमा च्याप्पिएर करिब डेढ घण्टापछि आफूलाई घरबाट निकाले बताए ।  `यो घरमा सात जना मान्छे सुतेका थियौं´उनले भने `राति सुतेको बेला एक्कसी भूकम्पले घर हल्लायो र घर पुरै भत्कियो । घरमा सुतेका हामी सबै घरमा पुरियौं तर हामीलाई केही भएन् ।´  भूकम्पबाट घर भत्किएपछि खान, बस्न र उपचार गर्नलाई निकै समस्या भएको र अहिलेसम्म आफ्नो बस्तीमा कोहीपनि नआएको उनले गुनासो पोखे ।

भूकम्प प्रभावित बस्तीका स्थानीय सुन्दरी चन्दले  राहत लिएर जो र जे आएपनि आफूहरुले नपाएको गुनासो गरिन्  । भूकम्पले दुई वटै घर भत्किएपनि आफूहरू भाग्यले बचेको उनले बताइन् । `भूकम्प रोकिएपछि भत्किएको घरबाट  मलाई निकाले´ उनले भनिन् `हाम्रो दुई वटा घर छन् । दुइटै घर बस्न लाएकको छैनन् । हामी बाहिर खुला आकशमुनी रात बिताइरहेका छौं । हाम्रो न बास छ, न खानलाई गाँस छ । ´

प्रभावित बस्तीमा नेकपाको स्थलगत अवलोकन

राहत संकलन गरी रुकुम पश्चिम रानीभेरी गाउँपालिका वडा नम्बर ४ मा पुगेको नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले   सोही वडालाई राहत सामग्री हस्तान्तरण गरेपछि
भूकम्प प्रभावित वस्तीहरुमा स्थलगत अवलोकन गर्दै घाइते तथा मृतकका परिवारसँग भेटघाट गरेको छ ।

भेटघाटको क्रममा स्थानीयहरुले भूकम्पबाट घर भत्किएपछि न बस्ने बास छ, न खाने गाँस छ भन्ने लगायतका  समस्याहरु सुनाए ।

भूकम्प प्रभावित स्थानीयहरुको समस्या सुन्दै नेकपा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीले आफूहरू राहत लिएर आएको भन्दै राहत वितरण कार्यलाई एकद्वार प्रणालीमा लैजाने उद्देश्यले वडा कार्यालयलाई हस्तान्तरण गरेको बताइन् ।  भूकम्पबाट प्रभावितका लागि देशभरबाट राहत संकलन कार्य जारी रहेको  र यस्तो दु:खको क्षण सबैले थोरै भएपनि राहत सामग्रीहरु सहयोगले प्रभावित क्षेत्रमा थप हौसला थपिने नेता सम्झानको भनाइ थियो ।

पार्टी पूर्वी दाङकी इञ्चार्ज सम्झाना सी, पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, अखिल नेपाल महिला संघकी पूर्वी दाङ जिल्लाकी सचिव मनिषा सी, अखिल (क्रान्तिकारी) रुकुमका इञ्चार्ज धनु सी लगायतले  भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडित परिवारहरुसँग भेटघाट गरेका थिए ।

पार्टीले भूकम्प प्रभावित क्षेत्रका लागि संकलन गरिएको त्रिपाल, बल्याङ्केट, लत्ताकपडा, डसना, औंषधी लगायतका राहत सामग्रीहरु वडा कार्यालयलाई  हस्ताक्षरण गरेको गरेको थियो ।

 

Facebook Comments