• २९ आश्विन २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा १६५७० घरमा पूर्ण क्षति




गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ । ठुलो मात्रामा भौतिक क्षति भएको छ ।

सोमबार बिहान सम्पन्न जिल्ला विपद् व्यवस्थापiन समितिको बैठकमा प्रारम्भिक रूपमा जिल्लाका ६ वटा स्थानीय तहमा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएको बताइएको छ । यो तथ्याङ्क अझै बढ्न सक्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

नगरपालिका तथा गाउँपालिका प्रमुखहरूले बैठकमा पेस गरेको प्रारम्भिक तथ्यांकअनुसार आठविसकोटमा सबैभन्दा बढी क्षति भएको छ । बैठकमा आठविसकोट नगरपालिका प्रमुख रवि केसीले नगरपालिकाको १४८ घरमा क्षति भएको जानकारी दिनुभयो । त्यसैगरी सानीभेरी गाउँपालिका प्रमुख बिर्खबहादुर विष्टले तीन हजार १४६ घर पूर्ण क्षति भएको र ७२२ घर आंशिक रूपमा क्षति भएको बताउनुभयो ।

बैठकमा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले एक हजार ९८७ घर पूर्ण रूपमा र चार हजार ३७४ घर आंशिक रूपमा क्षति भएको जानकारी गराउनुभयो । मुसीकोट नगरपालिकाभित्र दुई हजार तीनसय घर पूर्णरुपमा क्षति भएको र तीन हजार पाँचसय घरमा आंशिक क्षति भएको नगर प्रमुख महेन्द्र केसीले बताउनुभयो ।

 

त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीले एक हजार ९३५ घर पूर्ण र एक हजार २५८ घरमा आंशिक क्षति भएको जानकारी दिनुभयो । त्यसैगरी बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्णरुपमा क्षति भएको र १०७ वटा घरमा आंशिक रूपमा क्षति भएको गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले बताउनुभयो ।

थप आवास तथा पूर्वाधार संरचनाको क्षतिको विवरण सङ्कलन भइरहेकाले यो सङ्ख्या बढ्न सक्ने बताइएको छ । पूर्ण र आंशिक रूपमा क्षति भएका घरमा बस्न नमिल्ने अवस्थाको सूचना प्राप्त भएको बताउनुहुँदै प्रमुख जिल्ला अधिकारी पन्तले उल्लेखित घरपरिवारका लागि आवश्यक रकम तथा वैकल्पिक व्यवस्थाका लागि माथिल्लो निकायमा लेखिपठाउने निर्णय भएको जानकारी दिनुभयो ।

Facebook Comments