लक्ष्मण बस्नेत
दाङ । पश्चिम दाङको हंसपुरमा बबई कप टि–२० क्रिकेट प्रतियोगिता–२०८० सुरु भएको छ । दाङ जिल्ला क्रिकेट संघको वार्षिक क्यालेन्डर अनुसार पुरन्धारा क्रिकेट क्लबको आयोजनामा शनिवारदेखि बबई गाउँपालिका ३ हंसपुर क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीले उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि खत्रीले खेल बिकासको पहिलो आधार पूर्वाधार भएको बताए । पूर्वाधार बिकास बिना खेल बिकासको परिकल्पना असम्भव रहेको भन्दै अध्यक्ष खत्रीले गाउँपालिकामा खेल संरचना निर्माणसंगै भएका संरचनाको संरक्षण र त्यसको उपयोगमा नितिगत रुपमा लागेको बताए ।
पुरन्धारा क्रिकेट क्लबका अध्यक्ष तथा खेल संयोजक बालकृष्ण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि बबई गाउँपालिका वडा न ३ का अध्यक्ष मानबहादुर केसी, खेलकुद पत्रकार लक्ष्मण बस्नेतलगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । बबई गाउँपालिका वडा न २ का निवर्तमान अध्यक्ष चिन्तामणी शर्माको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन टोपेन्द्र थापाले गरेका थिए । यसैबीच प्रतियोगिता अन्तरगत शनिवार भएको खेलमा गुरुकुल एकाडेमी घोराही बिजयी भएको छ । उद्घाटन खेलमा त्रिशिदेश्वरी क्रिकेट क्लब तुलसीपुरलाई १७ रनले पराजित गर्दै गुरुकुल एकाडेमीले बिजयी सुरुवात गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको गुरुकुलले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ४ रन जोड्न सफल भयो । गुरुकुलका बिराट भन्डारीले सर्वाधिक २९ रनको योगदान दिदा राज शाह र वसुर अहमद ले क्रमशः २१ र १२ रनको जोड्न सफल भए । बलिङतर्फ त्रिशिदेश्वरी क्रिकेट क्लबका करण सार्की ३, दिवान पुन, सुरज केसीले समान २÷२ विकेट र स्माईल अन्सारी, केशव अधिकारीले समान १÷१ बिकेट लिए । प्रति उत्तरमा १सय ५ रनको बिजयी लक्ष्य पाएको त्रिशिदेश्वरी १६ दशमलव ४ ओभरमा ८७ रन जोड्दै अल आउट भयो ।
त्रिशिद्देश्वरीका शकर बुढाले सर्वाधिक २९ रनको योगदान दिदा बिजय भुसाल र मोहन केसीले क्रमशः २३ र १७ रन जोडे । बलिङतर्फ वीरबहादुर घर्ती र अबिनास बस्यालले समान ३÷३ विकेट लिए ।
खेलमा ४ ओभर दुई मेडन १८ रन ३ विकेटको उत्कृष्ट प्रदर्शन गरेका वीरबहादुर घर्तिमगर म्यान अफ द म्याच घोषित भए । यसैबिच प्रतियोगिता अन्तरगत अज आईतबार बिहानको खेलमा घोराही क्रिकेट एकाडेमी र पुरन्धार च्यालेन्जर्स भिड्नेछन् भने दिउँसो हुने खेलमा राप्ती गाउँ पालिका र गुरुकुल एकाडेमी घोराही भिड्नेछन् ।
क्रिकेट खेलको बिकास र बिस्तारसंगै नवप्रतिभावन खेलाडीको पहिचान गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेताले नगद ५० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपबिजेताले नगद २५ हजार सहित ट्रफी, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडीले नगद आठ हजार साथमा ट्रफी, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान नगद पाँच–पाँच हजारसहित ट्रफी, प्रमाणपत्र हात पार्नेछन भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय रुपैयाँ प्रदान गरिनेछ ।
कार्तिक २२ गतेसम्म संचालन हुने प्रतियोगितामा पुरन्धारा क्रिकेट क्लव बबई, श्री त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर, घोराही क्रिकेट एकाडेमी, दाङ क्रिकेट लिग खेलेको टिम पुरनधारा च्यालेन्जर्स, गुरुकुल क्रिकेट एकाडेमी घोराही र राप्ती गाउँपालिका क्रिकेट टिमसहित ६ टिमको सहभागिता रहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।