घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नं. १ बुकामा यहि कार्तिक २२ गतेदेखि दोस्रो चरीङगे कप सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । गत बर्षदेखि द युनाइटेड युथ क्लव बुकाले सेभेन चरीङगे कप ए साइड फुटवल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
यसै अन्तर्गत दोस्रो प्रतियोगिताको रुपमा यहि २२ गतेदेखि प्रतियोगिताको आयोजना गर्न लागेको क्लवका सचिव रोशन महराले बताए । स्वास्थ्यका लागि खेलकुद, र घोराहि १ बुकामा रहेको चरीङगे दहलाई स्थानिय स्तरमा परीचित गराउने उद्धेश्यले बिभिन्न संघसंस्थाको आर्थिक सहयोगमा प्रतियोगिता गर्न लागिएको हो ।
मोफसलमा फुटवल खेललाई बचाईराख्न र नवप्रतिभावान् खेलाडी उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्य पनि रहेको द युनाइटेड क्लवका सचिव महराले बताए ।सचिव महराले उक्त प्रतियोगितामा घोराही उपमहानगरपालिका भित्रका १९ वटै वडाबाट प्रतियोगितामा भाग लिन पाउने जानकारी दिएका छन् ।
उक्त प्रतियोगिताको विजेताले नगद रु १५ हजार ट्रफी, मेडल र प्रमाण–पत्र पाउने क्लवका अध्यक्ष फनाधर पोख्रेंलले जानकारी दिएका छन । प्रतियोगितामा भाग लिन यहि १९ गते सम्म समुह दर्ता गरीसक्नुपर्ने र टिम दर्ता शुल्क रु १५०० रहेको पनि क्लव सबैमा आह्वान गरेको छ । टिम दर्ता र थप जानकारीको लागि ९८०६२१८४४३ मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।