• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा १३ जना उत्कृष्ट किसान पुरस्कृत




रुकुमपूर्व । जीवन र खाद्यको आधार हो पानी भन्ने मुल नाराका साथ पूर्वी रुकुममा ४३ औं विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ट किसान पुरस्कृत भएका छन्।

विश्व खाद्य दिवसको अवसर पारेर एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालय रुकुम(पूर्वी)भागले भूमे गाउँपालिकाको कृषकहरुलाई सम्मान गरेको छ।

जिल्लाको तिन वटै गाउँपालिकाको १३ जना उत्कृष्ट भएकाहुन जस मध्ये भूमेका किसानहरु अर्गानिक कृषि खेति तर्फ आर्कषीत रहेको छन् ।गाउँपालिकाको एक प्रविधिक र अन्य ५जना किसानलाई पुरस्कृत गरेको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनु भएको छ ।

बस्नेतका अनुसार किसान पुरस्कृत हुनेमा तरकारी खेतीमा भूमे ३ का दिलबहादुर रोका, किबि खेतीतर्फ भूमे ५ का मोहनसिंह पुन, नर्सरी तर्फ भने भूमे ७ को झुपलाल ओली मसला खेति तर्फ भूमे ८ का कपिल ओली, कुखुरापालनमा भूमे ६को अनिल बुढा बाख्रा पालन ब्यबसायतर्फ र भूमे ९ का बलबहादुर पुन उत्कृष्ट किसान छनोट भएर पुरस्कृत हुनुभएको छ कर्मचारीको रुपमा भने भूमे गाउँपालिकाको पशु शाखामा कार्यरत विशाल पुन भूमे ३ मा रहेको समृद्धि महिला कृषि सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको बस्नेतले जानकारी दिनुभएको छ।

यस्तै गएको केहि महिना अगाडी गाउँपालीकाबाट र अहिले जिल्लाबाट पुरस्कृतहुदाँ किबि खेती गर्दै आउनुभएको भूमे ५ का मोहनसिंह पुनले गर्भको साठ्ठ भन्नुहुन्छ। देशले मलाई पोलिरहेको छ। जहा जापान जस्तो देशले बाहिरबाट माटो लिएर खेति गर्दछ । नेपालमा हरेक कुरा प्रकृतीले दिएको छ। वैदेशिक रोजगारको कारण खेतबागर्न सके पछी सम्भाबनाहरु धेरै रहेको छ।युवाहरु देश छोडेर जाने लरको बढी रहेको छ। खेती योग्य जमिन बाझै रहेको छ।मलाई विदेश जानु भन्दा नेपाल मै केही गर्छु भन्ने सोचले गर्दा केवि खेतिमा लागि हु। यसरी पुरस्कृतहुदाँ गर्भ लागेको बताउनु भएको छ।

यस्तै भूमे ६को अनिल बुढा भन्नुहुन्छ। विदेश जानुभन्दा गाउँकै माटो र बाख्रा पालन ब्यबसायतर्फ ब्यवसायिक बाख्रा पालनमा रमाउन थाल्नु भएको छ । उहाँ एकाविहानै नजिकैको जंगलतिर बाख्राका बथान लिएर जाने उहाँको दैनिकी रहेको बताउनुहुन्छ । लगनशिलता मेहनतको जुन पेशा लाग्यो भने केहि चिजमा कमी हुँदैन् । काम गर्दा सरकारको अनुदान आउने पाउने आशामा भन्दापनि आफै मेहनत गरेमा त्यसमा थप गर्नका लागि सरकारसँगको सहयोग मिल्छ बुणाको भनाइ रहेको छ।

Facebook Comments