• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वडा प्रहरी कार्यालयका थुनुवाका लागि घोराही-१४ वडाद्वारा सिरक सहयोग




घोराही ।वडा प्रहरी कार्यालय घोराहीका थुनुवाहरुलाई चिसोदेखी जोगाउनका लागि घोराही उपमहानगरपालिका वडा नम्वर १४ ले फाईवर सिरक सहयोग गरेको छ । वडा प्रहरी कार्यालय घोराहीको माग अनुसार चिसो बढ्दै जादा प्रहरी हिरासतमा रहेका व्यक्तिहरुलाई न्यानोपनका लागि सिरक सहयोग गरिएको वडा अध्यक्ष भानसिंह बुढाले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष बुढाको अध्यक्षता तथा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी १० थान फाईवर शिरक हस्तारण गरिएको हो । चालु आर्थिक वर्षको वडास्तरिय वार्षिक कार्यक्रम अन्तरगत २१ हजार ८ सय बराबरको फाईवर सिरक सहयोग गरिएको वडा सचिव तिलकराम डाँगीले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष बुढाले विभिन्न घटनाका आरोपित प्रहरी हिरासतमा रहेका व्यक्तिहरुले यो समयलाई सिकाईका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले प्रहरीको हिरासतमा रहँदा आफुले आफैलाई चिनेर कानुनको पालना गर्दै आफु र आफ्नो जीवनलाई सकारात्मक सोँचका साथ सफल बनाउने योजना बनाउन आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा वडा सदस्य रचना कुमाल, मोहन श्रेष्ठ, विभिन्न सामजसेवी व्यक्तिहरु तथा वडा प्रहरी कार्यालयमा प्रहरी हिरासतमा रहेका आरोपितहरुको पनि सहभागिता रहेको थियो ।

वडा प्रहरी कार्यालय घोराहीका प्रमुख निरिक्षक पाण्डेले आफुले आफ्नो पहिलो जिम्मेवारीका रुपमा अनुसन्धानमा रहेका व्यक्तिहरुलाई सुरक्षित राख्ने कामलाई ठानेको बताउनुभएको थियो । वडाको प्रहरी हिरासतमा अहिले ४ जना रहेको र कुनै बेला ४० जना सम्म रहने गरेको उहाँले जानकारी दिनुभएको थियो ।।

Facebook Comments