• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दीपेन्द्रलाई मैदान फर्काउने प्रयास भइरहेको छ : प्रशिक्षक मोन्टी




नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मैदान फर्काउने प्रयास भइरहेको बताएका छन्।

बिहीबार आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत ओमानसँगको खेलपछि मोन्टीले दीपेन्द्रलाई मैदान फर्काउन सबै काम गरिरहेको बताए।

ओमानसँग बिहीबार पराजित भएको नेपालले भोलि हुने सेमिफाइनलमा युएईसँग ख‍ेल्दैछ। युएईलाई हराए नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी(२० विश्वकपमा छनोट हुनेछ।

युएईविरुद्धको खेलका लागि दीपेन्द्र फर्कन्छन् वा फर्कन्नन् भन्नेबारे उनले केही खुलाएनन्।

“दीपेन्द्र हाम्रा लागि महत्वपूर्ण खेलाडी हुन्। उनको उपचारमा हामीले सक्ने जति सबै काम गरिरहेका छौं। यो प्रतियोगिता नेपालका लागि मात्र नभएर उनका लागि पनि महत्वपूर्ण छु” देसाइले भने।

दीपेन्द्र यसअघि सिंगापुरविरुद्धको खेलअघि घाइते भएका थिए। सोही दिन उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्‍याइएको थियो। उनको गोलीगाँठोमा चोट लागेको थियो। दीपेन्द्र घाइते भएपछि विवेक यादवले नेपाली टिमबाट खेलेका थिए। विवेकले बिहीबार अन्तिम ओभरमा लगतार तीन छक्का हिर्काएर खेललाई रोमाञ्चक मोडमा पुर्‍याएका थिए।

दीपेन्द्रले आज कीर्तिपुरस्थित त्रिवि मैदानको नेटमा अभ्यास समेत गरेका थिए।

अघिल्लो साता नेपालमै भएको हङकङ र युएईविरूद्धको टी(२० सिरिजमा दीपेन्द्रले उत्कृष्ट खेल देखाएका थिए। उच्च लयमा रहेको बेलामा घाइते भएसँगै दीपेन्द्र टी(२० छनोटमा नेपाली टिममा फर्कनेमा शंका छ।

Facebook Comments