• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा क्रिकेट प्रतियोगिता हुने




दाङ । दाङको पहाडी भेग बंगलाचुली गाउँपालिकामा यहि कार्तिक २३ गते देखी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

विजया दशमी तथा शुभ दिपावली २०८०को अवसरमा बंगलाचुली क्रिकेट विकास समन्वय समितिले क्लबस्तरिय बंगलाचुली कप–२०८०को आयोजना गरेको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्दै खेलाडीलाई संरक्षण र नवप्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्रिकेट विकास समन्वय समितिका अध्यक्ष हिमाल महराले जानकारी दिनुभयो ।

अध्यक्ष महराले उक्त प्रतियोगितामा बंगलाचुली गाउँपालिका भित्रका खेलाडी र बंगलाचुली क्रिकेट विकासमा समन्वय समितिमा दर्ता, नवीकरण भएका बंगलाचुली गाउँपालिका भित्रका क्लवले मात्र सहभागिता रहने समेत जानकारि दिनुभयो ।

उक्त प्रतियोगिताको विजेताले नगद रु २० हजार ट्रफी, मेडल र प्रमाण–पत्र र उपविजेताले नगद रु १० हजार ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन भने टिम दर्ता शुल्क २ हजार लाग्ने क्रिकेट विकास समन्वय समितिका सचिव मधुसुदन गिरीले जानकारी दिनुुभयो ।

सचिव गिरी अनुसार टिम दर्ता कार्तिक २२ गते दिनको २ बजे सम्म गरि सक्नुपर्ने र ३ बजे टाई सिट हुने समेत बताउनुभयो ।

खेलाडीले खाना , बस्न र नास्ताको व्यवस्था आफै गर्नु पर्ने छ,  टिम दर्ता र थप जानकारीको लागि ९८२२९३१२११, ९८४७८६०५८० मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।

 

प्रतियोगितालाई प्रथम पुरस्कार युथ अफ बंगलाचुली कोरियाका हेमकुमार वली, निराजन महरा, सुरेश वली, किरण वली, चुमान बुढा, केशव वली, विपिन महरा, मधु वलीले गर्नु भएको छ ।

Facebook Comments