• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा दोश्रो दाङ जिल्ला अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप हुने




घोराही । दाङमा दोश्रो दाङ जिल्ला अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप–२०८० घोराहीमा हुने भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा आगामी मंसिर ९ र १० गते घोराहीमा च्याम्पियनसिप प्रतियोगिता हुन लागेको च्याम्पियनसिप संयोजक तथा दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष महेश गुरुङले आज घोराहीमा पत्रकार सम्मेलन गराउनुभएको छ ।

 

उहाँका अनुसार, मंसिर महिना दोस्रो सातामा हुने प्रतियोगितामा जिल्लाभरका ६५ स्कुलका करीव ५ सय खेलाडीहरुको सहभागिता रहनेछ ।

खेलाडीहरुलाई निरन्तर चलायमान बनाउन, खेल हाप्किडो खेलको विकासका लागि च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । च्याम्पियनसिपबाट खेलाडीको क्षमता अभिवृद्धि, हाप्किडो खेलको विकासमा योगदानका साथै दाङ जिल्ला र स्कुलको पहिचान थप बलियो हुने विश्वास लिईएको उहाँले बताउनुभयो ।

च्याम्पियनसिपमा फाइटतर्फ महिला र पुरुष दुवैमा १२–१२ वटा तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ । जस अनुसार २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७०, ७०–७५ र ७५– ८० किलो तौल समूहमा प्रतिस्पर्धा हुनुका साथै डेमोष्ट्रेशनमा पनि टिम प्रतिस्पर्धा हुने उहाँले उहाँले बताउनुभयो ।

 

दाङ जिल्ला हाप्किडो संघले वार्षिक रुपमा दाङ जिल्ला अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप गर्दै आएकोमा यो पटकका च्याम्पियनसिप आयोजनाका लागि अनुमानित २९ लाख खर्च लाग्ने अनुमान गरिएको छ । जिल्लामा १२ सय बढी प्रशिक्षार्थी खेलाडी रहेका बताईएको छ । गत वर्ष पनि दाङ जिल्ला हाप्किडो संघको आयोजनामा च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको थियो ।

Facebook Comments