तुल बहादुर कवँर मगर
देउखुरी । राप्ती गाउँपालिका दाङले पालिका अन्तर्गतका वडाहरुमा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने याेजनाहरुकाे प्रभावकारी कार्यन्वयन गर्नका लागि उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण गाेष्ठी मार्फत प्रशिक्षण दिन शुरु गरेको छ।
विकासका कार्यमा उपभोक्ताहरु प्रत्यक्ष सहभागी हुने र उपभोक्ताबाट गरिने कामलाई पारदर्शी , व्यवस्थित, गुणस्तरीय बनाउन समितिलाई अभिमुखिकरण मार्फत प्रशिक्षण प्रदान गरिएको हाे।
पालिकाले बुधबार वडा नं.१,२,३ र ४ का उपभोक्ता समितिका पदाधिकारीहरूलाई
गाउँपालिकाको सभा हल मसुरीयामा साे अभिमुखिकरण कार्यक्रम प्रदान गरेको छ।
राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा अभिमुखिकरण मार्फत प्रशिक्षण प्रदान गरिएको हाे।
साे अभिमुखिकरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडाहरुमा सञ्चालन हुने याेजनाहरु उपभोक्ताबाट गरिने र प्रत्यक्ष सहभागी हुने हुदा कामलाई पारदर्शी , व्यवस्थित र गुणस्तरीय बनाई समयमै काम सक्नुपर्ने बताउनुभयो ।
आयोजनामा अपनत्व, गुणस्तर र दीगोपना हुने विश्वासले आयोजनाहरुकाे जिम्मेवारी उपभोक्ता समितिहरुलाई दिइएको हाे।”- अध्यक्ष विष्टले भन्नुभयो – “त्यसैले राम्रोसँग समयमै काम सम्पन्न गरे याेजनाकाे औचित्य प्राप्त हुन्छ ।”
गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले याेजनाहरु कार्यनयन गर्दा उपभोक्ता समितिका पदाधिकारीहरुलाई आई पर्ने हरेक समस्यामा जनप्रतिनिधिहरुको तर्फबाट सदैब साथ सहयोग रहने बताउनुभयो ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले यस वर्ष गाउँपालिकाले कार्य तालिका नै बनाई याेजनाहरु सञ्चालन गर्न लागेको बताउदै समयमै याेजनाहरु सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीहरूलाई आग्रह गर्नु भयो ।
सहभागीहरुलाई उपभोक्ता समितिको काम कर्तव्य ,अधिकार र योजना सञ्चालन, निर्माण कार्य, रकम भुक्तानी प्रक्रिया लगायतका विषमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,प्रशासन शाखा प्रमुख विकास ज्ञवाली ,ईन्जिनियर अशोक बेल्वासे लगायतले अभिमुखिकरण प्रदान गर्नु भएको थियो ।
यसै बिच बिहीबार वडा नं.५,६,७ र ८ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई सिसहनियाँ उद्योग बाणिज्य संघको सभाहल सिसहनियाँमा र शुक्रबार वडा नं.९ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई वडा कार्यालय रुपाकाेटमा अभिमूुखिकरण कार्यक्रम प्रदान गरिने प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले जानकारी दिनुभएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
