• २ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका चार पालिकाद्वारा प्लास्टिकको फूलमाला बिक्रीमा प्रतिबन्ध




दाङ – दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् ।

तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि चार वटै पालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकापछि मंगलवार राप्ती गाउँपालिकाले प्लास्टिकका माला प्रयोग नगर्न अपिल जारी गरेको हो । राप्तीले प्राकृतिक फूलको बजारीकरणमा सहजताका लागि पालिकाभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ।

यसले गर्दा अघिल्ला वर्षहरूमा जस्तो प्लास्टिकका फूलमाला बजारमा देखिएका छैनन् । स्थानीय सरकारको यो व्यवस्थाले फूल खेती गर्दै आएका किसान खुसी भएका छन् ।

प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि उत्पादित फूलले बजार पाउने आशामा रहेको फूल खेती गरेका तुलसीपुर – २ का गणेश भण्डारीले बताउनुभयो । दाङमा यसवर्ष करिब २२ बिघा क्षेत्रफलमा फूल खेती गरिएको छ ।

Facebook Comments