• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मानव सेवा आश्रमका मेची — महाकाली यात्रीलाई दाङ उवासंघको स्वागत




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले मानव सेवा आश्रमको मेची–महाकाली यात्राको टोलीलाई स्वागत गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको हो । कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले समाज सुधारमा मानव सेवा आश्रमले महत्व पुर्ण काम गरेको बताए ।

मानव सेवा आश्रमको कारण अहिले सडकमा वेवारीसे नागरिक भेटीन छाडेको बताए । यस कार्यमा सबैले सहयोग गर्नु पर्ने उनको भनाइ रहेको थियो ।

यसका अभियानताहरु सबै स्वार्थ त्यागेर सामाजिक कार्यमा लागेको उनको भनाइ रहेको थियो । प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले सामाजिक सेवा गर्ने उदेश्यका साथ मानव सेवा आश्रम अगाडि वढेको बताए । कुनैपनि दातृ निकायको सहयोग नलिएर नै आश्रमले सहयोग गदै आएको उनको भनाइ रहेको छ । ‘यस प्रकारको अभियान सबैको साझा अभियान भएकाले सबै जोडिएर अगाडि बढन आवश्यक छ; प्रजिअ सुवेदीले भने ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले सामाजिक कार्यमा दाङ जिल्ला उद्योग वाणिज्य संघ सहकार्य गरेर अगाडि बढने बताए । ‘सामाजिक कार्यमा उद्योग वाणिज्य संघ तयार रहेको छ’ उनले भने । आश्रमका अध्यक्ष रामजी अधिकारीले २०८२ को अन्तय सम्म नेपालमा सडकमा आश्रीत मानव मुक्त वनाउने योजना रहेको बताए । यसका लागि सबै क्षेत्रको आवश्यक रहेको उनले बताए । अहिले देशका विभिन्न स्थानमा गरेर करिव १७ सय लाइ सेवा गरि रहेको उनको भनाइ रहेको छ । अभियानकै क्रममा हाल सम्म १ सय ३० जनालाइ उद्धार गरिएको समेत अध्यक्ष अधिकारीले बताए ।कार्यक्रममा दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रविण भण्डारी, आश्रमका कोषाध्यक्ष होमनाथ तिमील्सीना लगाएतकाले भनाइ राखेका थिए । संघका उद्योग उपाध्यक्ष धुवराज गहतराजको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सहितको टोलीले मेची–महाकाली यात्रा गरि रहेको छ ।

Facebook Comments