• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फूलबारी वनको बैठक, यस्ता छन् निर्णयहरु ?




ओखरपाटा । रोल्पाको रुन्टीगढी गाउँपालिका–६ छापमा रहेको फूलबारी सामुदायिक वन उपभोक्ता समूहको बैठक सम्पन्न भएको छ । शुक्रबार जनजागृति प्राविको प्रांगणमा बसेको समूहको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको हो ।

फूलबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जंगबहादुर रेउलेको अध्यक्षतामा सम्पन्न भएको बैठकले समाजमा हुने जन्म, विवाह र मृत्यु संस्कारमा परम्परादेखि नै दिँदै आइरहेको दाउरालाई जन्म र विवाह उत्सवमा नदिने तर मृत्यु संस्कारलाई भने निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकले सामुदायिक वनभित्र रहेको घुर्रोेलाई अगामी मंसिर १४, १५ र १६ गते काट्ने निर्णय गरेको छ भने त्यसको शुल्क प्रतिघर १ सय ५० रुपैयाँ तोकेको छ ।

त्यस्तै समूहले मिति २०८०/०४/३१ गते बसेको आमसभाबाट पारित भएको दण्ड तथा जरिवनासम्बन्धीको निर्णयलाई कडाइका साथ लागू गरेको छ । आमसभापछिको पहिलो बैठकमा तोकिएको समयभन्दा पछि आउने कार्यसमितिलाई रु २ सय र उपभोक्तालाई रु १ सय जरिवाना गरेको समूहले जनाएको छ ।

समूहको प्रत्येक तीन/तीन महिनाको १० गते बिहानको ११ः०० बजे बैठक बस्ने समय तोकिएको भएपनि सो समयभन्दा ढिला आउने दुई जना कार्यसमिति र २८ जना उपभोक्ताहरु जरिवानामा परेका हुन् ।

बैठकमा उपस्थित नहुने कार्यसमितिलाई रु १ हजार र उपभोक्तालाई रु ५ सय जरिवाना गरिने भएको छ । पहिलो बैठकमा अनुपस्थित हुने एकजना कार्यसमिति र १५ जना उपभोक्ताहरु स्वतः दण्ड तथा जरिवनामा परेको समूहले जनाएको हो ।

 

Facebook Comments