• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टी–२० विश्वकपमा छनाेट हुनु एकमात्र लक्ष्य : कप्तान पाैडेल




दाङ । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा छनाेट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन् ।

आज आइतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा कप्तान पाैडेलले यस्ताे बताएका हुन् । उनले पछिल्लाे ६ महिनायता ब्याटिङ राम्रो भएको बताए । पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको उनकाे भनाइ छ ।

पाैडेलले घरेलु मैदानमा हुने छनाेट खेललाई आफूहरूले ठूलो अवसरको रूपमा लिएको बताए । कुनै पनि टाेलीलाई सहजरूपमा नलिएको पनि उनले बताए । सबै खेलाडीले आफूहरूको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने कप्तान पाैडेलकाे भनाइ छ ।

त्यस्तै प्रशिक्षक मोन्टी देसाईले कुनै पनि टाेलीले विपक्षीलाई कमजोर आँक्न नहुने बताए । नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए । एक पटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने उनकाे भनाइ छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट भाेलि साेमवारदेखि आउँदाे आइतवार १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले भाेलि सिङ्गापुरसँग कीर्तिपुरमा खेल्दैछ ।

Facebook Comments