• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही–तुलसीपुर सडक मर्मतपछि यात्रुलाई सहज




दाङ । घोराही–तुलसीपुर,लमही सडक खण्डको धुवा धुलो कम भएको छ । सडक मर्मत भएसंगै धुवा धुलो कम हुदै गएको हो । ठाँउ ठाँउमा परेका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गरि सडक बनेसंगै आवतजावत गर्ने यात्रुलाई सजिलो भएको छ ।

पहिलो चरणमा लमही घोराही सडकको काम सकिएको छ । भने घोराही तुलसीपुर सडको काम अन्तिम चरणमा रहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।लामो समय सम्म सडक मर्मत नभएको जनगुनासो आउँन थालेपछि सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले सम्बन्धित ठेकेदार र सडक डिभिजन कार्यालयलाई निर्देशन गरेपछि सडक मर्मत सुरु गरिएको थियो ।

करिब २९ किलो मिटर सडक बनाउँन बबई नदीदेखि हापुरखोलासम्मको करिब १३ किलोमिटर करिब १ करोड ४२ लाख ५५ हजारमा रोल्पा निर्माण सेवा र हापुर खोलादेखि तुलसीपुरको हात्तीखौवासम्मको करिब १५ किलोमिटर सडक १ करोड १६ लाख ९६ हजार रूपैयाँमा रोल्पा स्वच्छता निर्माण सेवासँग सम्झौता भएको छ ।

यहीँ असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको निर्माण व्यावसायी कमल कुमाखीले जानकारी दिनुभयो । यो सडक मर्मतका लागि सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले चासो दिदै आउनु भएको छ ।

लामो समयदेखि निर्माण अलपत्र परेको यो सडकलाई पछिल्लो समय सरकारले प्राथमिकतामा राखेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले पनि यसमा महत्वका साथ चासो राख्दै आउनुभएको छ । उहाँले यो सडक मर्मतका लागि करिब ४ करोड रुपैया बजेट सडक मर्मतका लागि छुट्टयाउनु भएको थियो ।

चार लेन सडक विस्तारका लागि यसअघि अलपत्र पारेको तथ्य इञ्जिनियरिसँगको ठेक्का तोडेको सरकारले नयाँ डिपिआर गरिसकेको छ भने चाँडै टेण्डर आव्हानको तयारी गरेको छ ।

Facebook Comments