• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शनिवार विशेषः मनै लोभ्याउने रुकुमपूर्वका पर्यटकीय सम्पदा




बालाराम शेर्पाली

(रुकुम पूर्व )। भौगोलिक हिसावले उच्च पहाडी र हिमाली क्षेत्र रहेको रुकुमपूर्व पर्यटकीय हिसाबले निकेै धनी जिल्ला हो। संघीयता कार्यान्वयनको चरणमा जन्म भएको सबैभन्दा कान्छो जिल्लाको रुपमा रहेको रुकुमपूर्वमा सरकारी तहका प्रशासनिक तथा भौतिक संरचना निर्माणकेै चरणमा रहेको छ।

ऐतिहासिक, पुरातात्विक साँस्कृतिक सम्पदाहरुका हिसाबले धेरेै अगाडि रहेको छ। भूमे गाउँ पालीकामा पर्यटकीय सम्भावनालाई उजागर गरी प्रचार प्रसार गर्ने र पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारहरु बनाउने अथाह पहल गर्न जरुरी रहेकाे छ।

भूमेकाे पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रको वर्गीकरण गरी तिनको उचित ब्यबस्थापन गर्न र साँस्कृतिक परम्परा, मौलिक कला संस्कृतिक करिब तीन सय वर्षअधि वडा नम्बर ३झुम्लाबाङमा विभित्र ठाउँबाट गुल्मीको भारसैवाट बुढा, वागलुडको गल्कोटवाट राना र भक्तपुरवाट नेवारहरू तामाखानी र तक्सारकाे सिलसिलामा बसाई सरेर आएको ७४बर्षकाे तिलु सुनारले बताउनुहुन्छ।झुम्लाबाङ२३१५ मिटर रहेकाे झुम्लाबाङ गाउँमा मगर, नेवार,
गुरुड, ठकुरी, क्षेत्री र दलित जातिकाे बसोबास रहेकाे छ।

झुम्लाबाङ ७६ बर्षकाे ओम प्रकाश श्रेष्ठ भन्नू हुन्छ । “करिब तीन सय वर्षअधि यो ठाउँमा गुल्मीको भारसेबाट बुढ़ा, बागलुड़को गल्कोटवाट राना र
भक्तपुरबाट नेवारहरू तामाखानी र तक्सारकाे सिलसिलामा बसाई सरेर आएको बताउनुहुन्छ “।

झुम्लाबाङकाे पश्चिममा क्षेत्रमा चालनेटा (२३५५ मि.) डाडामा समथर भुभाग्मा चारैतिर १०५बर्ष अगाडि स्थानीय नागरिकले राजाकाे सुरक्षाको लागि लगाएको प्रर्खाल बाईसे चाैविसे भुडे टाकुरे राजाको दरबारका अवशेष अझै पनि प्रसस्त देख्न सकिन्छ । उत्तर चम्बाङमा धार्मिक स्थल पनि रहेकाे छ। पू्र्वतिर गाबाङ र क्याङसिकाे सिरानमा रामली चौर छ।
रामली चौर देखि वडा नम्बर २ कक्री,वडा नम्बर ६ महत,१काे लकुम, र अन्य भूभाग अबलोकन गर्न सकिन्छ झुम्लाबाङकाे तामाखानी रहेको र पहिला टक्सार बसेको ठाउँ व्यवस्थित गर्न सके पर्यटन केन्द्र बन्न सक्ने स्थानीय नागरिकहरुकाे अपेक्षा रहेको छ।

झुम्लाबाङमा तामाका धाउ र उत्खनन् गरिएका तामा खानीहरु प्रशस्त रहेको छ।भूमे गाउँपालिकाकाे विभिन्न ठाउँमा रहेका तामाखानीहरु पछिल्लो समय उत्खनन् रोकिनुका साथेै उपयोग र संरक्षण नहुँदा पुरिन थाल्दा चिन्ता ब्यक्त गरेकाे युवा तथा समाजसेवि ओम प्रकाश बिकले सुनाउनु हुन्छ ।

भूमेकाे पर्यटकीय स्तरको रुपमा विकास गर्न सके राम्राे सम्भावना रहेको छ। झुम्लाबाङ जस्तै वडा नम्बर ४ काडाको धबाडचौर डाडाबाट हिमाली दृष्य र
परम्परागत गाउँ र बारीका बालीको दुष्यले मनै लोभ्याउँछ्। स्थानीय बोलीचालीमा सानो दाङ भनेर चिनिने बड़ा नं ४ काे तल्लो साकिमको दुष्यले जो कोहीको ध्यान केही समय तान्छ।सिस्ने गाउँ पालिकाकाे वडन नम्बर ५काे क्षेत्र भित्र पर्ने कमल दह र देउराली ओड़ारको नजिरकेै रहेको साकिमलाई व्यवस्थित खेतीपातीबाट नै कृषि पर्यटनमा बढुवा दिन सके राम्रो सम्भावना रहेकाे छ।

Facebook Comments