• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लमहीको अर्जुन खोलामा डुबेर एक सैनिकको मृत्यु




दाङ । दाङको अर्जुन खोलामा डुबेर एक सैनिकको मृत्यु भएको छ । शौचालय  गर्न जाने क्रममा उनी चिप्लिएर खोलामा खसेका हुन् ।

रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको आर्मी पोस्टमा कार्यरत ३० वर्षीय शितल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

लमजुङ मध्यनेपाल नगरपालिका-९ का थापा शुक्रबार दिउँसो साढे १२ बजे शौचालय जाने क्रममा करिब २ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

आर्मीको पोस्ट नजिकै रहेको कच्ची शौचालय जाने क्रममा थापा खसेको प्रहरीको अनुमान छ । थापा नेपाली सेनाका लेस नायक हुन् ।

 

Facebook Comments