• ६ कार्तिक २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पेस्तोलसहित एक किशोरी पक्राउ




जनकपुर । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं।९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी छन् ।

उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद भएको छ ।उनलाई नियन्त्रणमा लिई रेल्वे सुरक्षा बेस जनकपुरधाममा राखिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments