लमजुङ। लमजुङको सुन्दरबजार नगरपालिका २, सुन्तलेटारमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिप दुर्घटनामा सुन्तलेटारका ३६ वर्षीय मंगप्रसाद सेढाइँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँको भानु नगरपालिका ११, टुहुरेपसलबाट घरतर्फ आउँदै गर्दा मंगलबार बिहान ग १ ज ७२७२ नम्बरको जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बडादसैंको दिन मंगलबार बिहान पौने ८ बजेतिर दुर्घटनाको जानकारी आएको बताए । उनका अनुसार जिप बाटोबाट करिब ५० मिटर तल खसेको थियो ।
मृतकको शव प्रहरीले पोष्टमार्टमका लागि बेँसीसहरस्थित जिल्ला अस्पताल पठाएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
