• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आज दक्षिण अफ्रिकाले बंगलादेशको सामना गर्दै




दाङ । एकदिवसीय विश्वकप २०२३ मा आज दक्षिण अफ्रिकाले बंगलादेशको सामना गर्दैछ । खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो २: १५ बजे सुरु हुनेछ ।

विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हुनेछ । दक्षिण अफ्रिकाले चारमध्ये तीन जित र एउटा मात्र हारेको छ । अर्कोतर्फ, बंगलादेशले चारमध्ये तीन हारेको छ र एउटा मात्र जितेको छ।

दुई टोलीबीच हालसम्म कुल २४ ओडिआई खेलिएको छ । दक्षिण अफ्रिकाले १८ खेल जितेको छ भने बंगलादेशले ६ खेल जितेको छ ।

एकदिवसीय विश्वकपमा दुवै टोली बराबरीमा छन् । प्रतियोगितामा यी दुईबीच ४ वटा खेल भएका थिए । दक्षिण अफ्रिकाले २ खेल जित्यो भने २ खेल बंगलादेशले जितेको छ ।

दक्षिण अफ्रिकाले पछिल्ला ५ ओडीआईमध्ये ४ खेलमा जीत र १ खेलमा हार बेहोरेको छ । यता बंगलादेशले पछिल्ला ५ मध्ये ४ खेलामा पराजित हुँदा १ खेल मात्र जितेको छ ।

बाभुमा फर्कने सम्भावना

दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले इंग्ल्याण्डविरुद्धको अन्तिम खेल खेल्न सकेनन् । बावुमा बिरामी थिए। उनको अनुपस्थितिमा एडेन मार्करामले टोलीको कप्तानी गरेका थिए।

यस विश्वकपमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनको नाममा चार खेलमा दुई शतक छ । बलिङमा सबैभन्दा धेरै विकेट कागिसो रबाडाले लिएका छन् ।

साकिब पनि फर्कने

बंगलादेशका कप्तान शकिब अल हसन घाइते भएका छन् । उनले भारतविरुद्धको खेल खेल्न पाएनन् । उनको अनुपस्थितिमा नजमुल हुसेन शान्तोले कप्तानी सम्हालेका थिए ।

दक्षिण अफ्रिकाविरुद्धको खेलअघि अभ्यासमा देखिएका शकिबले आजको खेलमा खेल्ने अपेक्षा गरिएको छ । तर तस्किन अहमदले आजको खेल पनि खेल्न पाउने छैनन् ।

बंगलादेशका लागि ब्याट्सम्यान मुस्फिकुर रहिमले प्रतियोगितामा सर्वाधिक रन बनाएका छन् । यस अवधिमा उनले दुई अर्धशतक बनाएका छन् । बलिङमा सकिब अल हसन सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

पिच रिपोर्ट

वानखेडे रंगशालाको पिच ब्याट्सम्यानका लागि उपयोगी छ । यस रंगशालामा हालसम्म २४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भइसकेको छ । यहाँ पहिलो र दोस्रो ब्याटिङ गर्ने टोलीले १२ १२ खेल जितेका छन्।

मौसम पूर्वानुमान

मुम्बईमा अधिकांश समय मौसम सफा रहनेछ। पानी पर्ने सम्भावना छैन । यस अवधिमा हावाको गति ११ किलोमिटर प्रतिघण्टा रहनेछ ।

 

Facebook Comments