• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
श्री जनसेवा युवा क्लवको आयोजनमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने




भ्यूमान पुन मगर.

दाङ । यही कातिक ७ गते देखी विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा श्री जनसेवा युवा क्लव पुथा उत्तरगंगा गाउँपालिका–१० को आयोजनमा विभिन्न खेुलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रका लागि भन्ने मुलनाराका साथ खुल्ला पुरुष, महिला भलिवा र फुटसल, नृत्य , व्याम्बो रेस प्रतियोगिता लगायत विभित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष इराज पुनले जानकारी दिनु भयो ।

पुरुष भलिवल प्रतियोगिताका प्रथम पुरस्कार ५० हजार साथमा सिल्ड, मेडल र प्रमाण–पत्र , द्धितिय पुरस्कार ३० हजार साथमा सिल्ड, मेडल र प्रमाण–पत्र र तृतिय पुरस्कार २० हजार साथमा सिल्ड र मेडल र दर्ता शुल्क ४ हजार । महिला भलिवल प्रतियोगिताका प्रथम पुरस्कार ३० हजार साथमा सिल्ड, मेडल र प्रमाण–पत्र , द्धितिय पुरस्कार २० हजार साथमा सिल्ड, मेडल र प्रमाण–पत्र र तृतिय पुरस्कार १० हजार साथमा सिल्ड र मेडल र दर्ता शुल्क ३ हजार । पुरुष फुटसल प्रतियोगिताका प्रथम पुरस्कार ३० हजार साथमा सिल्ड, मेडल र प्रमाण–पत्र , द्धितिय पुरस्कार २० हजार साथमा सिल्ड, मेडल र प्रमाण–पत्र र तृतिय पुरस्कार १० हजार साथमा सिल्ड र मेडल र दर्ता शुल्क ३ हजार ५ सय र महिला फुटसल प्रतियोगिताका प्रथम पुरस्कार ७ हजार साथमा सिल्ड, मेडल र प्रमाण–पत्र , द्धितिय पुरस्कार ५ हजार साथमा सिल्ड, मेडल र प्रमाण–पत्र र तृतिय पुरस्कार ३ हजार साथमा सिल्ड र मेडल र दर्ता शुल्क १ हजार ।

त्यसैगरि एकल नृत्य प्रतियोगिता प्रथम पुरस्कार ५ हजारको साथमा प्रमाण–पत्र, द्धितिय पुरस्कार ३ हजारको साथमा प्रमाण–पत्र र तृतिय पुरस्कार २ हजारको साथमा प्रमाण–पत्र दर्ता शुल्क ५ सय र ब्याम्वो रेसको पुरस्कार लोकल भाले, दर्ता शुल्क पचाँस रहेको खेल संयोजक हिरामणी बुढा मगरले जानकारी दिय ।

सम्पूर्ण प्रतियोगिता हिमालय जनजागृति आधारभुतको प्राङणामा हुने छ उद्घाटन ७ गते १२ः ३० मा हुने छ।

Facebook Comments