• १८ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जन्मदिनको अवसरमा फाउन्डेसन कोष




केशर सुनार
प्यूठान।प्यूठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले जन्मदिनको अवसरमा फाउन्डेसन कोषमा रकम जम्मा गर्नुभएको छ।जन्मदिनको अवसरमा शुभकामना दिने सम्पूर्णलाई धन्यवाद दिदै उहाँले भन्नुभयो मनमा जागृत सेवा गर्ने भावनालाई समयबद्ध एवम व्यवस्थित गर्न जन्मदिनको सन्दर्भ पारी राना महावीर फाउन्डेसन स्थापना गर्ने निर्णय गरेको छु।

उपाध्यक्ष रानाले स्थापनाको प्रारम्भमा दशै खर्च कटाएर कोषमा १० हजार जम्मा गर्नुभएको छ।हामिसँगको संवादमा आम्दानिको ५ प्रतिशत रकम कोषमा जम्मा गर्दै जाने र जम्मा गरेको रकम असहाय,गरिब,दुखी तथा सहयोगापेक्षीहरुको सहयोगार्थ खर्च गर्ने बताउनुभयो।

उपाध्यक्ष राना नेकपा माओवादी केन्द्रद्वारा विजयी जनप्रतिनिधि हुनुहुन्छ। राना जनप्रतिनिधि हुनुभन्दा अगाडि नेपाल पत्रकार महासंघ प्यूठानको अध्यक्ष हुनुहुन्थ्यो।

Facebook Comments