• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालले आज यूएईसँग खेल्दै




काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले आज सोमबार यूएईसँग खेल्दैछ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ । लिग चरणको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । नेपाल एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।

नेपाललाई हराउँदै यूएईलाई समेत फाइनल पुग्ने अवसर प्राप्त छ । नेपाल भने फाइनल अघि यूएईविरुद्ध खेल्दै आफुलाई तयार राख्न चाहन्छ ।

तालिकामा नेपालले ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । यूएईले २ खेलबाट २ अंक जोडेको छ । हङकङ ३ खेलबाट अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।

 

Facebook Comments