• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पाल्पामा जिप दुर्घटना हुदाँ छ जनाको मृत्यु, १ घाइते




पाल्पा । पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जीपका चालक घाइते भएको जनाएको छ ।


जीप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको छ ।

जिपमा भएका यात्रु र उनीहरुको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको पाल्पाका एसपि हेरम्ब शर्माले जानकारी दिए । बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्दारका लागि पुग्नु पर्ने भएकाले कठिनाई भएको प्रहरी प्रमुख शर्माले जानकारी दिए ।

Facebook Comments