• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
निलसागर सेवा आश्रम दाङद्वारा लमहीबाट २ जना सडक मानवकाे उद्घार




तुल बहादुर कवँर मगर
लमही । निलसागर सेवा आश्रम दाङ द्वारा शुक्रबार राति दाङको लमहीबाट २ जना सहयोगापेक्षी सडक मानवकाे उद्घार गरिएको छ।

लमहीकाे बस पार्क क्षेत्रमा केही महिला अघि देखि सडकमै बस्दै आएका नाम बताउन नसक्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र स्याङ्जाको वालिङ घर बताउने अर्का ४७ वर्षीय राजु कार्कीकाे उद्घार गरिएको हाे।

उनीहरूलाई वडा प्रहरी कार्यालय लमहीकाे सहयोगमा उद्वार गरि आश्रमको कार्यालय राप्ती गाउँपालिका -८ पिपरीमा राखिएको छ।


काेही पनि मानिसहरू खाना,छाना र नाना बाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले देउखुरी क्षेत्र लाई सहयोगापेक्षी सडक मानव मुक्त घाेषणा गर्ने गरि मानव उद्घारकाे अभियान सञ्चालन गरिएको आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरीले बताउनुभयो ।उक्त उद्वार कार्यमा आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरी सँगै राप्ती गाउँपालिका दाङका अभिलेख तथा सूचना सम्पादनकर्ता तुल बहादुर कवँर मगर र हिकाे संस्थाका एम्बुलेन्स चालक सुवास चाैधरीकाे सहभागीता रहेको थियो ।

Facebook Comments