• २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीका विभिन्न स्थानबाट ५ जना सडक मानवको उद्धार




दाङ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा बिहीबार राति पालिकाकाे विभिन्न स्थानबाट ५ जना सहयोगापेक्षी सडक मानवकाे उद्धार गरिएको छ।

केही दिन देखि सडकमा रात बिताउँदै आएका उनीहरूलाई उद्धार गरि निलसागर सेवा आश्रम नेपालगञ्जको शाखा कार्यालय राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीकाे जिम्मा लगाइएको हाे ।

१ जना पुरुष सहित २ महिला लाईलवडा नं.१ काे भालुवाङ्ग बजार क्षेत्रबाट उद्वार गरिएको हाे।त्यस्तै १ जना पुरुषको पाखापानी क्षेत्रमा बाट उद्वार गरिएको छ भने अर्को १ जनाको माैरीघाट क्षेत्रबाट  उद्धार गरिएको हाे।

राप्ती गाउँपालिका दाङका अध्यक्ष विष्टकाे अगुवाइमा गएको उद्धार टोलीमा वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी,निलसागर आश्रम शाखा कार्यालय पिपरीका कार्यवाहक अध्यक्ष गरिबु चौधरी, राम नारायण चाैधरी,श्रीधर अधिकारी ,डाक्टर आशाराम धामी ,पदम विष्ट लगायतको सहभागीता रहेको थियोे ।

Facebook Comments