• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरीमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु




तुल बहादुर कवँर मगर

सिसहनियाँ । दाङको देउखुरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी अन्दाजी २८/३० वर्षीय सन्तराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । बिहीबार राती करिब ९ बजेको समयमा भालुवाङ– लमही सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै काठमाण्डौं देखि सुर्खेत जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले लमही देखि लठ्ठहवा घर तर्फ आउँदै गरेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालय सिसहनियाँले आफ्नो नियन्त्रणमा लिएर भालुवाङ पठाएको छ । मृतकको शवलाई अहिले स्वास्थ्य चौकीमै राखिएको छ ।

Facebook Comments