• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘सामाजिक स्वच्छता आजको आवश्यकता’




दाङ– राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सामाजिक स्वच्छता आजको आवश्यकता रहेको बताउनुभएको छ । स्वच्छ नेपालले आयोजना गरेको बिजयादशमी अवसरमा आयोजित शुुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले चार्डपर्वका नाममा पछिल्लो समय समाजमा बिकृति पैदा हुुदै गइरहेकाले सामाजिक स्वच्छता र संरचना समेत बिग्रिदै गइरहेकाले सामाजिक स्वच्छता आजको आवश्यकता रहेको बताउनुभएको छ ।

स्वच्छ नेपालकी अध्यक्ष बिन्दु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुुख अतिथि राष्ट्रियसभा सदस्य देवकोटाले चार्डपर्वका नाममा नेपाली समाज भड्किलो बन्दै गइरहेको टिप्पणी गर्नुुभएको थियो । जसका कारण हरेक क्षेत्रको स्वच्छता नेपाली समाजको बर्तमान आवश्यकता रहेको बताउनुुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले नेपाली समाजको मौलिक पर्व र परम्पराहरु बिस्तार फेरिदै गइरहेको बताउनुुभएको छ । मौलिक पर्व र परम्परा फेरिदा नेपालीपन समेत विस्तारै ओझेलमा परेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यले चार्डपर्वले सामाजिक सद्भावलाई जोड्दै हरेक धर्म संस्कृति र परम्पराबिच सद्भाव कायम राख्नुुपर्ने बताउनुभयो । स्वच्छ नेपालकी महासचिव रेखा शर्माको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा नेपाली काँग्रेस घोराही उपमहानगर कमिटिका अध्यक्ष तिलक रावत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Facebook Comments