• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गौमुखीमा १ लाख ५० हजार बढीको मदिरासहित म्याद गुज्रिएका सामान नष्ट




केशर सुनार
ठुलाबेसीं। प्यूठानको गौमुखी गाउँपालिकामा १ लाख ५० हजार बढीको मदिरा सहित म्याद गुज्रिएका सामानहरु नष्ट गरिएको छ।

पालिकाको वडा नं-५ खुङ,वडा नं-७ नारिकोट,वडा नं-४ पुजा लगायत अन्य वडाका पसलहरुमा उपाध्यक्ष,प्रसासन टिम एवम् सुरक्षाकर्मीसहितको टोलीले बजार अनुगमन गर्दा अवैध मदिरा,कमसल खालका सामानहरु एवम् म्याद गुज्रिएका सामानहरु फेला पारी बिहिवार पालिकामा नष्ट गरिएको छ।
नष्ट गरिएका सामानहरुमा ४० यूपी भन्दा माथिका कमसल खालका मदिरा,वर्फी डाईमण्ड १ सय २० ओटा,सिक्स टु सिक्स २२ ओटा,१ सय बढी कोल्ड ड्रीन्क्स,मसलाहरु,लगायत अन्य कमसल खालका सामानहरुको नष्ट गरिएको गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले बताउनुभयो।
नष्ट गर्ने कार्यक्रममा उपाध्यक्ष रानाले भन्नुभयो”गाउँपालिकाले अवैध भनेको मदिरा बिक्री गर्न पाईदैन र म्याद गुज्रिएका बस्तुहरु बिक्री गरि उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्ने पाईदैन।”

छापा हान्दा अवैध रुपमा ४० यूपी माथीका मदिरा वडाहरुमा भेटिएकाले कमसल खालका मदिरा बिक्री गरी फाईदा उठाउने उद्देश्यले भित्राएको सामानको नष्ट गरिएको प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम पौडेलले बताउनुभयो।
सभ्य गौमुखी निर्माणमा हरेक वडाका स्थानिय हरु जागरुक भै अवैध एवम् म्याद गुज्रिएका सामानहरु फेला परे तुरुन्त उजुरी गर्न ईलाका प्रहरी कार्यालय पुजा लिवासेका असई उदय बहादुर डाँगिले जनाउनुभयो। उहाँले भन्नुभयो “यी यस्ता अवैध मदिरा ढुवानी गर्ने यातायातको साधनलाई नै रोक लगाउने तयारीमा छौं।”

Facebook Comments