• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुनौलो बिहानी क्लबको १० औं वार्षिकोत्सब




राेल्पा । रुन्टीगढी गाउँपालिका वडा नम्बर ९ मा रहेको सुनौलो बिहानी युबा क्लव गुनामले १० औं बार्षिक उत्सव मनाएको छ । “सामाजिक,धार्मिक,खेलकुद एवं पर्यटकीय बिकासमा हाम्रो अभियान” भन्ने मुल नाराको साथमा मनाइएको बार्षिक उत्सवमा बिभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरिएको छ ।

बार्षिक उत्सवको अबसरमा भलिबल, लोक गित,घैंटाफोर जस्ता प्रतियोगिता आयोजना गरिएको छ । भलिबल खेलको लागि महिला पुरुष गरि १७ वटा टीम दर्ता भएको ओयोजकले जानकारी दिएका छ । उत्कृष्ट खेल खेलेर प्रथम हुने खेलाडी समुहलाई नगद रु २० हजार पुरस्कार दिइने भएको छ ।

क्लवका निर्वतमान अध्यक्ष खुम बहादुर सार्कीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य सांसद इश्वरी घर्तीको प्रमुख आतिथ्यता एंम रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको बिशिष्ट आतिथ्यतामा भएको थियो । जसको अतिथीहरुमा गाउँपालिका उपाध्याक्ष सरिता के सी वडा नं. ९ का वडा अध्यक्ष चेतलाल खत्री, नेकपा एमालेका गाउँकमिटीका अध्यक्ष अमराज बस्नेत , नेकपा माओबादी पार्टीका लुम्बीनी प्रदेश कमीटी सदस्य गोबिनद पुन, निर्वमान वडा अध्यक्ष नेप बहादुर थापा लगाएतको उपस्थिती रहेको थियो ।

प्राय जस्तो राजनितिक दल तथा जनपतिनिधीहरुको दोहोरी जस्तै चल्ने मेला महोत्सवमा हिजो भने सौहार्दपुर्ण ढङ्गबाट खेल उद्घाटन समारोह सम्पन्न भएको छ । प्रमुख अतिथी एंम सांसद घर्तीले खेल उद्घाटन समारोमा बल्नु हुदै वडा नं ९ मै महाप्रभुको जन्म स्थल भएको र यस क्षेत्र प्रचार प्रसार विकासको हिसावले ओझेलमा परेको हुँदा सबै राजनितीक दलहरु आग्रह पुर्वआग्रह नराखि एकजुटभएर यस क्षेत्रको पर्यटन प्रर्बद्घनमा लागि पनु पर्ने आवश्यता रहेको कुरा समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्नु हुदै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथी पुनले गाउँपालिका भरिका बिभिन्न क्षेत्रको विकासमा गाउँपालिकाको आर्थिक स्रोतले भ्याउने जति कुनै कुरामा कन्जुस नगरि विकास गरिर रहेको कुरा पनि ब्यक्त गर्नु भएको छ ।

क्लवका अध्यक्ष राजन घर्तीको अध्यक्षतामा सुरु भएका कार्यक्रमको सहजीकरण जयन्द्र क्षेत्रीले गर्नुभएको थियो ।

Facebook Comments