घोराही । जेष्ठ नागरिक सरोकार केन्द्र घोराहीले नेपालीको महान पर्व बिजया दशमी, शुभ–दीपावली, छठ पर्व एवं नेपाल सम्वतको बुधबार एक कार्यक्रम गरि शुभकामना आदनप्रदान गरेका छ।
जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीको अध्यक्षता तथा दाङ जिल्ला प्रमुख रामबन्धु सुवेदीको प्रमुख अतिथिमा उक्त शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो ।
शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले जेष्ठ नागरिक जिउँदो भगवान भएको बताए । उनले प्रत्येक स्थानीय तहमा पनि जेष्ठ नागरिक सरोकार केन्द्र स्थापना गर्नुपर्ने भन्दै दाङ जिल्लाभित्र रहेका सामाजिक संघसस्थालाई संरक्षण गर्ने आफूहरुको कर्तव्य भएको कुरामा जोड दिए ।
शुभकामना दिँदै दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशीले आफ्नो मौलिक संस्कृति बचाउनुपर्ने बताए । उनले चाडपर्वलाई भड्किलो र खर्चिलो बनाउन नहुने कुरामा जोड दिए । यो संस्थालाई निजि क्षेत्रबाट गर्न सक्ने साथ र सहयोग गर्ने अध्यक्ष जोशीको भनाइ थियो ।
उक्त कार्यक्रममा भर्खर दाङ आउनु भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी र दाङ जिल्ला उधोग बाणिज्य संघका नबनिर्वाचित पदाधिकारीलाई समान गरिएको थियो ।
जेष्ठ सरोकार लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी , देवा सेवा क्रेन्द्र घोराही १५ का अध्यक्ष नारायण प्रसाद श्रेष्ठले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सरोकार केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रडा अर्जुन बुढाथोकीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिब दधिराम खानालले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

