• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ क्रिकेट संघद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक




घोराही। दाङ जिल्ला क्रिकेट संघल आगामी २०८०/ ०८१ क्रीकेट क्यालेन्डर सार्बजनिक गरेको छ । दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैयाका अध्यक्षतामा वसेको बैठकले आगामी २०८०/८१ मा हुने कार्यतालिका सार्वजनिक गरेको छ, अन्डर १६, १९, क्लव , स्कुल, कलज र वडा स्तरिय गरिने कार्यक्रम समाबेस गरिएको संघका सचिव सन्जु केसीले जानकरी दिनुभयो। सचिव केसी अनुसार टि–२०, वानडे, दुई दिने, तिन दिने प्रतियोतिा हुने छन् ।

त्यस्तै दाङ क्रिकेट संघ कार्यसमितिको विभिन्न कार्य बिभाजन समेत गरेको छ । जस अन्तरगत खेलाडी छनोट समिती संयोजकमा सन्जु के सी सदस्यहरुमा बाल् कृष्ण खत्री, सन्जोग गिरी र केशब झाक्री मगर , प्राबिधिक कमिटीको संयोजकमा रुपेश शर्मा सदस्यमा प्रबिन बुढा मगर सन्दिप घर्ती । अनुशासन कमिटीका संयोजकमा किशोर कुमार घर्ती मगर सदस्यमा किशोरचन्द गौतम देबेन्द्र सिंह ठकुरी ।

त्यस्तैगरी प्रदिप मज्गैया संयोजक रहेका अनुगमन कमिटीको सदस्यमा किशोर चन्द्र गौतम , कैलास रोका मगर, स्कुल क्रीकेट बिकास समितिका संयोजकमा बाल कृष्ण खत्री सदस्यमा सन्जोग गिरि र केशब झाक्री मगर, पुरुष क्रीकेट बिकास समितिका संयोजकमा रुपेश शर्मा सदस्यमा प्रबिन बुढा मगर र बिकास आचार्य र महिला क्रीकेट बिकास समितीका संयोजकमा सन्जु केसी र सदस्यमा अनु के सी केशब झाक्री मगररहेका संघका अध्यक्ष मन्गैयाल जानकारि दिनुभयो ।

Facebook Comments