• १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लमहीमा `सारथी मार्ट´ सञ्चालनमा




श्रवण कुमार यादव
लमही । लमही नगरपालिका -५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ।

लगत्तै दशैंको शुभ अवसर चाहलपहल पारेर सोमबार एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको हो। कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो।

उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले लमही बजारमा यस्तै किसिमका फरक-फरक गतिविधि र उत्कृष्ट खालका कामहरू गर्न एकदमै जरुरी रहेको बताउनुभयो। उहाँले यस्तो किसिमको मार्टले युवा रोजगारी र व्यावायीमुखी हुन मदत पुर्याउने र देउखुरी उघोग वाणिज्य संघले एक्यवद्धता जनाउन तयार रहेको पनि भन्नुभयो।

मार्टमा दैनिक उपभोग्य सामान सुपथ मूल्यमा उपलब्ध हुनेछन् । दैनिक उपभोग्य खाद्य सामग्री, ग्रोसेरिज, कस्मेटिक, फुड एण्ड विभेरेज, फ्रोजन आइटमस्, पर्सनल केयर आइटमस्, व्यवि केयर आइटमस्, स्टेशनरी, ग्रैनस् र डग फुड आइटमस् लगाएत सामान उपलब्ध हुने सञ्चालक शरद भट्टराईले जानकारी दिनुभयो।

कार्यक्रमममा लमही नगरपालिका वडा नं ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, लमही नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमहीका छवि लाल भण्डारी, देउखुरी बैंकर्सका अध्यक्ष उत्सव श्रेष्ठ, लमही जेसिजका अध्यक्ष कर्णधर ढकाल, रोटरी अफ क्लब लमहीका अध्यक्ष केशव राज घिमिरे, आध्यात्मिक खोजकर्ता युव राज भण्डारी, नेपाल पत्रकार महासंघ दाङका सहसचिव दशरथ घिमिरे, सदस्य दुख हरण यादव, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी लगायत सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो।

सञ्चालक शरद भट्टराईका हजुरबुवा धन बहादुर भट्टराईको अध्यक्षतामा भएकोे कार्यक्रमको सञ्चालन भने पत्रकार प्रिय स्मृति गजमेरले गर्नुभएकाे थियाे।

Facebook Comments