• २ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्थापना दिवसका अवसरमा लेखापढी कानून व्यवसायीद्वारा रक्तदान




शैलेश अधिकारी
दाङ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाइ समिति घोराहीले रक्तदान तथा दीप प्रज्ज्वलन गरेर स्थापना दिवस मनाएको छ ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसको २९ औं स्थापना दिवसका अवसरमा घोराही इकाइ घोराहीले आइतबार रक्तदान कार्यक्रमसंगै दिप प्रज्ज्वलन गरेको हो ।

रक्त संचार केन्द्र घोराहीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा धुर्व लम्साल, नवराज लामिछाने,लछिराम सार्की,भेषराज घर्तीमगर(प्रकाश), धनबिर डागी, भीमबहादुर भण्डारी र प्रकाश केसीले रक्तदान गरेका थिए ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति घोराहीका अध्यक्ष परशुराम डागीकाे अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव धुर्व लम्सालले गरेका थिए ।

साथै अध्यक्ष डागीले रक्तदान कार्यक्रमसँगै दिप प्रज्जवलन कार्यक्रमका सहभागीलाई धन्यवादसंगै बिजया दशमी,तिहार र छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।

Facebook Comments